आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी

  • प्रकाशित मिति : सोमवार, माघ २६, २०७७



  • काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले साविक विजेता लिभरपुललाई हराएको छ ।

    उपाधि होडमा निकै महत्वपूर्ण मानिएको यो खेलमा म्यान सिटी ४–१ को फराकिलो गोल अन्तरमा विजयी भयो ।

    लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा पाहुना टोली म्यान्चेस्टर सिटीलाई विजयी गराउन इके गुन्डोगानले दुई गोल गर्दा ग्याब्रियल जिसस र फिल फोडेनले एक एक गोल थपे ।

    पराजित टोली लिभरपुलका मोहोमद सालाहले पेनाल्टीमार्फत एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले शेफिल्ड युनाईटेडलाई २–१ ले हरायो ।

    नयाँ प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा चेल्सीलाई लगातार दोस्रोे जित दिलाउन मेसन माउन्ट र जर्गीनोले एक एक गोल गरे ।

    प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले वेष्ट ब्रोमलाई २–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्स र लेष्टर सिटीले गोलरहित बराबरी खेलेका छन् ।

    गएरातिका खेलपछि प्रिमियर लिगको तालिकामा २२ खेलबाट ५० अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ ।

    एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेड ४५ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ४३ अंक छ ।

    ४० अंकसहित लिभरपुल चौथो स्थानमा छ भने पाँर्चौ स्थानको चेल्सीको ३९ अंक भएको छ । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij