आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वमा कोरोना : २४ घण्टामा ३ लाख थपिए, संक्रमितको संख्या साढे १० करोड बढी

  • प्रकाशित मिति : मङ्लबार, माघ २७, २०७७



  • काठमाडौं। विश्वमा पछिल्ला २४ घण्टामा ३ लाख ९ हजार ९ सय ३३ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै विश्वमा कोरोनबाट संक्रमित हुनेको संख्या १० करोड ६९ लाख ८७ हजार ९ सय २९ पुगेको छ।

    कोरोनाका कारण हालसम्म २३ लाख ३५ हजार ३ सय ६१ जनाले ज्यान गुमाएका छन् भने, गत २४ घण्टामा ७ हजार ९ सय २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

    विश्वभरमा हालसम्म ७ करोड ८९ लाख ७२ हजार ९ सय ६३ जनाले कोरोना संगको लडाईँ जितेका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार गत २४ घण्टामा ४ लाख ४६ हजार ३ सय ४४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन्।

    कोरोनाबाट हालसम्म सबै भन्दा बढी प्रभावित अमेरिका भएको छ। अमेरिकामा हालसम्म २ करोड ७६ लाख ९८ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा मात्र अमेरिकामा ८४ हजार ९ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    हालसम्म ४ लाख ७६ हजार ४ सय ४ जनाको कोरोनाको कारण ज्यान गएको अमेरिकामा गत २४ घण्टामा मात्र १ हजार बढीको मृत्यु भएको छ। अझै पनि ९७ लाख ९ हजार ७ सय ३६ कोरोनाका विरामी रहेको अमेरिकामा हालसम्म १ करोड ७५ लाख १२ हजार ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    अमेरिकापछि कोरोनाको बढी मारमा परेको देश हो भारत। भारतमा हालसम्म १ रोड ८ लाख ४७ हजार ७ सय ९०मा कोरोनाको संक्रमण पुष्टि भएको छ। औषतमा पछिल्ला दिनमा भारतमा कोरोनाबाट संक्रमितहुनेको संख्या निक्कै कमि रहेको छ। कुनैबेला १ लाख प्रतिदिनका दरले संक्रमितको संख्या थपिएको भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४७ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।

    भारतमा कोरोनाका कारण १ लाख ५५ हजार १ सय ९५ जनाले ज्यान गुमाएका छन्। १ करोड ५ लाख ४६ हजार ९ सय ५ जनाले कोरोना सँगको लडाईँ जितेको भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४५ हजार ६ सय ९० रहेको छ।

    अमेरिका र भारतपछि ब्राजिलमा पनि कोरोनाको प्रभाव निक्कै बढी परेको छ। ब्राजिलमा हालसम्म ९५ लाख ४८ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ लाख ३२ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् भने ८४ लाख ४७ हजार ६ सय ४५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। गत २४ घण्टामा ब्राजिलमा २३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    यस्तै, रसियामा हालसम्म ३९ लाख ८३ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यूकेमा ३९ लाख ५९ हजार ७ सय ८४, फ्रान्समा ३३ लाख ४१ हजार, ३ सय ६५, स्पेनमा २९ लाख ८९ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij