मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बिरामीले रगत बान्ता गर्ने र केही घण्टामै मर्ने रहस्यमय रोगबाट १५ को मृत्यु ५० गम्भीर

  • प्रकाशित मिति : मङ्लबार, माघ २७, २०७७



  • काठमाडौं। बिरामीले रगत बान्ता गर्ने र केही घण्टामै मर्ने रहस्यमय रोगबाट १५ जना बिरामीको मृत्यु भएको छ । यो रोगबाट अन्य ५० जना बिरामी गम्भीर अवस्थामा अस्पताल भर्ना भएका छन् । पूर्वी अफ्रिकी देश तान्जानियामा देखिएको यो रोग के हो भन्ने अझैसम्म थाहा हुन नसकेको अधिकारीहरुलाई उद्धृत गर्दै द सनले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यो रोगबाट पीडित केही व्यक्तिहरुको लक्षण देखिएको केही घण्टामै मृत्यु भएको छ । मृत्यु हुनेहरु अधिकांश पुरुष छन् ।

    देशको दक्षिणमा रहेको एम्बेया क्षेत्रको चुन्या जिल्लाकी प्रमुख स्वास्थ्य अधिकारी फेलिस्ता किसान्डुका अनुसार समस्या देखिएको क्षेत्रमा विशेषज्ञको टोली परिचालन गरिएको छ र महामारीको कारण पत्ता लगाउने प्रयास भइरहेको छ । ‘यो समस्या ठूलो क्षेत्रमा भने फैलिइसकेको छैन’ उनले भनिन् ‘यो इफुम्बोको एउटा प्रशासकीय वार्डमा मात्र देखिएको छ जहाँ मानिसहरु रगत बान्ता गर्छन् र अस्पताल पुर्याउन केही घण्टा ढिलो भएमा मर्छन् ।’

    किसान्डुले अहिलेसम्म यो समस्याको कारण थाहा हुन नसकेको बताइन् । तान्जानियाको स्वास्थ्य मन्त्रालयले भने यो महामारी भएको अस्वीकार गरेको छ । किसान्डुका अनुसार सम्भावित पारो प्रदूषणबारे पत्ता लगाउन बिरामीको रगतको नमूना र स्थानीय पानीको नमूना लिएर जाँच भइरहेको छ । ‘प्रारम्भिक जाँचमा बिरामीहरु, धेरैजसो पुरुषहरु पेटको अल्सर र कलेजोको रोगबाट ग्रसित भएको पाइएको छ’ उनले भनिन् ‘हामीले उनीहरुलाई अवैध पेय पदार्थ र अन्य हार्ड ड्रिंक्स नपिउन र धुम्रपान नगर्न सल्लाह दिएका छौं ।’

    अर्कोतर्फ शनिबार डा. किसान्डुको बयान आएपछि देशका स्वास्थ्य मन्त्री डोरोथी ग्वाजिकाले डा. किसान्डुलाई पदबाट निलम्बन गर्न आदेश दिएकी छिन् । स्वास्थ्य मन्त्री ग्वाजिकाले डा. किसान्डुको बयानले स्थानीयहरुमा अनावश्यक त्रास सृजना गरेको बताएकी छिन् । उनले भनेकी छिन् ‘स्थानीयमा अनावश्यक त्रास सृजना गरेकोमा म डा. फेलिस्ता किसान्डुका रोजगारदातालाई उनलाई पदबाट निलम्बन गर्न आदेश दिन्छु ताकि मेडिकल काउन्सिलले यस विषयमा जाँच गर्न र १० दिनभित्र मलाई रिपोर्ट पेश गर्न बाटो खुला होस् ।’

    सरकारी अधिकारीहरुले देशमा यस्तै समस्या २०१८ मा पनि देखिएको र त्यतिबेला बिरामीहरुलाई उच्च ज्वरो, वाकवाकी लाग्ने र रगत बान्ता हुने समस्या देखिएको बताएका छन् । स्वास्थ्य मन्त्रीले जनतालाई धेर्य गर्न आग्रह गर्दै छिटै थप जानकारी दिने बाचा गरेकी छिन् । देशका राष्ट्रपति जोन मागुफुलीले देशमा प्रार्थनाको शक्तिका कारण कोभिड रोकिएको दावी गरेलगत्तै यो समस्या देखिएको हो । उनले सरकारले कोभिडको डाटा सार्वजनिक गर्न बन्द गरेको ६ हप्तापछि ९ जनवरीमा यस्तो दावी गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij