सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

‘खान नजान्दा खाना नै विष बन्छ’

  • प्रकाशित मिति : मङ्लबार, माघ २७, २०७७



  • पोखरा । स्वस्थ्य जीवनयापनका लागि प्राकृतिक जीवनशैली महत्वबारे पोखरामा प्राकृतिक स्वास्थ्यसम्बन्धी दुई दिने परामर्श गोष्ठी सम्पन्न भएको छ । रोफेका रिफ्लेक्सोलोजी र ऋषिकुल आयुर्वेद परामर्श केन्द्र पोखराको आयोजनामा प्राकृतिक जीवनशैलीसम्बन्धी कार्यक्रममा गब्यसिद्ध डा नरेन्द्र हमालले प्रशिक्षण दिए ।

    डा हमालले मानिसको व्यस्त जीवनशैलीमा आहार–विहारले पार्ने प्रभाव र आफ्नै भान्सादेखि वनजङ्गलमा सजिलै पाइने जडीबुटी र त्यसको प्रयोगले कसरी स्वस्थ्य जीवन जिउन सकिन्छ भन्नेबारे प्रष्टाए । उनले बिहान उठेदेखि बेलुका सुत्ने समयसम्म कस्ता खानेकुरा कुन समयमा खाने र कसरी खाने भन्ने विषयमा राम्रो जानकारी नहुँदा खाना नै विषजस्तै बन्दै गएको बताए ।

    वैदिक शास्त्रमा उल्लेख भएका पूर्वजले अपनाएको प्रारब्ध जीवनशैली प्राकृतिक आहार–विहारको महत्वबारे प्रष्ट पार्दै डा हमालले पछिल्लो समय अप्राकृतिक आहार–विहार, रसायनयुक्त खानपिन, विद्युतीय उपकरणको व्यापक प्रयोग र रासायनिक औषधिको दूष्प्रभावका कारण मानव शरीरमा पारेको प्रभावबारे जानकारी दिए । वैदिक गृहम् काठमाडौँका सञ्चालक श्री रवि चपागार्इँले अक्कल बिनाको नक्कल गर्दै जाँदा आफू र आफ्नो परिवारको स्वास्थ्यमाथि नै खेलबाड गरिरहेको बताए । आफ्नो शरीरबारे आफू स्वयंले ध्यान दिएर शुद्ध र स्वच्छ प्राकृतिक खानपानमा ध्यान दिन उनको आग्रह थियो ।

    कार्यक्रमका सहभागीले दीर्घकालीन थाइराइड, मधुमेह, उच्च रक्तचाप, मोटोपनालगायत दीर्घ समस्याबारे जिज्ञासा राखेका थिए । सो कार्यक्रममा भान्सा, वनजङ्गल, खेतबारीमा हुने प्राकृतिक जडीबुटी र त्यसको प्रयोगबारे जानकारी गराइएको थियो । दुई दिनको प्रशिक्षणबाट प्राकृतिक जीवनशैलीका विविध पक्षबारे जानकारी लिन सफल भएको सहभागी पुष्पा पुनमगरले अनुभव सुनाए ।

    रिफ्लेक्सोलोजीका सञ्चालक वसन्त पौडेलले मानिस प्राकृतिकभन्दा पनि अप्राकृतिक खानपान र जीवनशैली अपनाउँदै जाँदा विभिन्न रोगको शिकार हुनुपरेको अवस्थालाई ध्यान दिएर स्वास्थ्य परामर्शको आयोजना गरिएको बताए । उनले अब वडा तहबाट नै प्राकृतिक भोजन र जीवनयापनबारे सचेतना फैलाउन आवश्यक रहेको औँल्याए । पौडेलका अनुसार कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, युवा व्यवसायी, सामाजिक क्षेत्रका ४० क्रियाशील महिला तथा पुरुषको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij