सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लोकसेवा आयोगका परीक्षामा बहिनी पूर्णिमा पहिलो, दाजु केशव दोस्राे

  • प्रकाशित मिति : बिहिबार, माघ २९, २०७७



  • माघ १३ गते पूर्णिमा उपाध्यय, उनका दाजु केशव उपाध्यय र उनको सिंगो परिवारका लागि अविस्मरणीय रह्यो । यसको कारण थियो लोकसेवा आयोगले लिएको परीक्षामा पूर्णिमाको नाम पहिलो नम्बरमा र उनका दाजु केशव उपाध्ययको नाम दोस्रो नम्बरमा निस्कियो । यी दुई दाजुबहिनी उपसचिव पदका लागि आयोगले लिएको आन्तरिक प्रतिस्पर्धाका परीक्षार्थी थिए ।

    शाखा अधिकृतबाट उपसचिव तहमा बढुवा हुनका लागि यिनीहरूले आन्तरिक प्रतिस्पर्धा गरेका थिए तर परिणाम बहिनीको नाम पहिलो स्थानमा र दोस्रो नम्बरमा दाजुको नाम निस्क्यो । त्यसो त, पूर्णिमाको दिदी टीका उपाध्यय पनि निजामती सेवामै छन् । टीका आन्तरिक राजस्व विभाग लैनचौरमा शाखा अधिकृत पदमा कार्यरत छिन् । ५ दाजु भाइमध्ये ३ जना सदस्य निजामती सेवामै कार्यरत छन्, त्यो पनि लोकसेवा आयोगका परीक्षा पास गरेर ।

    पूर्णिमा र केशवको बुवा सरकारी शिक्षक हुन्, आमा गृहणी हुन् । हालै मात्र उनले शिक्षक पदबाट अवकाश लिएका छन् । आफ्नो बाबु र आमाबाट सरकारी सेवामा प्रवेश गर्ने उत्प्रेरणा लिएको पूर्णिमा बताउँछिन् । ‘लोकसेवा आयोगको परीक्षामा भनसुन हुँदैन भन्ने थाहा थियो । त्यसमा पनि समाजमा निजामती कर्मचारीहरूको छबि माथि नै हुन्छ,’ पूर्णिमा भन्छिन्, ‘त्यसैले मिहेनत गरेरै भए पनि लोकसेवा आयोगको परीक्षा दिन्छु र पास हुन्छु भन्ने लागेको थियो ।’ पूर्णिमा दाजु केशवलाई पनि निजामती सेवामा प्रवेश गर्ने उत्प्रेरणा बुवा आमाबाटै मिल्यो । यी दाजु–बहिनीले सल्लाह गरेर आन्तरिक प्रतिस्पर्धाका लागि फाराम भरेका थिए ।

    पूर्णिमा अविवाहित हुन भने केशव विवाहित हुन् । उनको रोजाइ सरकारी कर्मचारी नै रहेको छ । केशवकी पत्नी हाल डोल्पाकी सानीभेरी नगरपालिकामा कार्यरत छन् । उनी स्थानीय तहकी कर्मचारी हुन् । ‘के तपाईंले आफ्नो पति पनि निजामती कर्मचारी नै होस् भन्ने चाहनुहुन्छ ?,’ भनी सोधिएको जिज्ञासामा पूर्णिमा खुलेर बोल्न चाहिनन् । यती मात्र भन्छिन्, ‘हेराैं के हुन्छ । अहिले म केही भन्दिन ।’

    अहिले यी दुई दाजु–बहिनीले स्टाफ कलेज जावलाखेलले लिइरहेको ५ दिने अभिमुखीकरण तालिममा सहभागी भएका छन् । शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका कर्मचारीहरूलाई स्टाफ कलेजले अभिमुखीकरण तालिम दिने गर्छ । उपसचिवमा बढुवा हुनु अघि पूर्णिमा कालिकोटको जिल्ला निर्वाचका कार्यालयमा कार्यरत थिइन भने केशव कर्णाली अञ्चलको मुख्यमन्त्रीको कार्यालयमा कार्यरत थिए । पूर्णिमाले २०६९ माघबाट र केशव २०६६ सालबाट निजामती सेवामा प्रवेश गरेका हुन् ।

    यी दुई दाजु–बहिनीको जागिरे जीवन लोकसेवा पास भएपछि मात्रै सुरु भएको हो । पूर्णिमाले सहलेखापालबाट जागिरे जीवन सुरु गरिन् भने केशवले कम्प्युटर अपरेटरबाट निजामती सेवामा प्रवेश गरे । पूर्णिमा सुरुमा सुर्खेतस्थित भूकम्प मापन केन्द्रमा कार्यरत थिइन् । सहलेखा पाल पदमा उनी धेरैलामो समयसम्म काम गरीनन् । त्यसपछि उनले शाखा अधिकृत पदमा फाराम भरिन् र २०७० भदौमा उनले लोकसेवा आयोगले लिएको शाखा अधिकृत पदमा उनी उत्तीर्ण भइन् । त्यसपछि उनको नियुक्ति जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij