प्रकाशित मिति : शुक्रबार, माघ ३०, २०७७
परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले दुई विद्यार्थीको उच्च शिक्षाको जिम्मेवारी लिएका छन् ।
आर्थिक अवस्था कमजोर भएपछी उच्च शिक्षा हासील गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर २ का पप्पु हरिजन र सुकदेव हरिजनको उच्च शिक्षाको लागि आवश्यक आर्थिक सहयोग गरेका हुन् ।
आर्थिक अवस्था कमजोर हुदा अध्ययन छाडेर रोजगारीको खोजिमा रहेका उनीहरु लाई पहिलो वर्षको अध्ययन खर्च स्वरुप ५१ हजार ९ सय ६० रुपैया लुम्विनी माध्यमिक विद्यालय लाई हस्तान्तरण गरेका छन् ।
सरकारी सुविधा उपभोग नगर्ने घोषणा गरेका सुनवल नगरपालिकाका प्रमुख थापाले आफुले पाउदै आएको तलब भत्ता वृद्धवृद्धा , असाहाय , विरामी र सामाजिक काममा खर्च गर्दै आएका छन् । अहिले सम्म प्राप्त सबै सुविधा थापाले सामाजिक काममा सहयोग गरेका छन् ।
दर्पनपोष्टबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij