मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

निःशुल्क मिर्गौला परीक्षणको सेवा लिन आग्रह

  • प्रकाशित मिति : मङ्लबार, पुस १२, २०७३



  • काठमाडौँ  । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्थानीयस्तरमै निःशुल्क मिर्गौला परीक्षणको व्यवस्था गरिएकाले तत्काल मिर्गौला परीक्षण गर्न सबैलाई आग्रह गर्नु भएकाे छ ।

    नेपाल प्रेस युनियनले यहाँ आज आयोजना गरेको पत्रकारको निःशुल्क मिर्गाैला परीक्षण कार्यक्रममा मन्त्री थापाले मिर्गाैला परीक्षणका लागि प्रयोग हुने ‘डिपिस्टिक किट’ सबै जिल्लामा पठाइसकिएकाले त्यसको उपयोग गर्न सबैलाई आह्वान गरे ।

    हरेक छ÷छ महिनामा मिर्गौला परीक्षण गर्नुपर्ने भए पनि नेपालमा धेरैले परीक्षण नगरेकाले गाउँ गाउँमा परीक्षणको व्यवस्था गरिएको उनले बताए । स्वास्थ्य मन्त्रालयअन्तर्गत, आपूर्ति व्यवस्थापन महाशाखाले गत कात्तिकको दोस्रो साता नै देशभरि पहिलो चरणमा २० लाख जनाको मिर्गाैला परीक्षण गर्न पुग्ने गरी किट पठाइसकेको छ । आवश्यकतानुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाइ छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकतानुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाइएको महाशाखाका निर्देशक भीमसिंह टिंकरीले जानकारी दिए । सो अवसरमा १३२ पत्रकारको मिर्गाैला परीक्षण गरिएकामा सात जनामा सामान्य समस्या देखिएकाले थप उपचारका लागि परामर्श दिइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij