प्रकाशित मिति : मङ्लबार, फाल्गुन ४, २०७७
लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका ४१ वर्षीय सइ पवन श्रेष्ठ आफै लागूऔषध दुर्व्यसनी भएको बुझिएको छ ।उनलाई नपुग्ने त्यस्तो केही देखिदैन तर उनको गलत बानीले खाडलमा हालिदिएकाे छ ।एकपटक शान्ति मिसन गएर आइसकेका श्रेष्ठ फेरि जानका लागि पास भएर बसेका थिए।
श्रेष्ठले दुव्र्यसन बाट छुटकारा पाउन एक वर्षअघि औषधी सेवन गरेपनि पुन कारोबारमा संलग्न भएको प्रहरी स्रोतले बताएको छ ।ललितपुर स्थायी घर भएका श्रेष्ठ प्रहरी प्रधान कार्यालयअन्तर्गत सुरक्षा सेवा निर्देशनालयमा कार्यरत थिए। यहाँबाट अङ्गरक्षक र विदेशी भीआईपी तथाभीभीआईपीको सुरक्षा व्यवस्थापन हुने गर्छ।
श्रेष्ठकै बयानका आधारमा प्रहरीले ६४ ग्राम ब्राउन सुगरसहित दीपक नेपाली शेर्पालाई पनि पक्राउ गरेको छ। शेर्पाले आफूलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको श्रेष्ठले बताएपछि प्रहरीले उनको पनि खोजी सुरु गरेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij