मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

क्यानडा, मेक्सिो र अमेरिकामा २१ मार्चसम्म कडाइ लम्ब्यायो

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ८, २०७७



  • काठमाडौं । विश्वमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम सुरु भएपनि धेरै देशहरुमा हालसम्म पनि बिरामीहरुको संख्यामा कमी आएको छैन् । दिनप्रतिदिन बढीरहेको बिरामीको सख्यालाई आधार मानेर बिभिन्न देशहरुमा कडाइलाई निरन्तरता दिइएको छ ।

    यसैलाई मध्यनजर गर्दै क्यानडा, मेक्सिो र अमेरिकाले २१ मार्चसम्म कडाइ लम्ब्याएका छन् । कडाई गरिएसँगै अत्यावश्यकबाहेकका काममा यहाँका मानिसहरुले यात्रा गर्न पाउने छैनन् ।

    यहाँका मानिसहरुले यात्राका लागि सम्बन्धित अधिकारीलाई जानकारी दिनुपर्ने हुन्छ । २१ फेब्रुअरीसम्मका लागि गरिएको कडाईलाई अर्को एक महिनासम्मका लागि लम्ब्याइएको बताइएको छ।
    यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाईसम्म हरेक अमेरिकीलाई खोप लगाइने जानकारी दिएका छन् । उनले सरकार यसका लागि पूर्ण रुपमा तयार रहेको बताए । खोप कम्पनी फाइजरले प्रत्येक साता अमेरिकीहरुलाई एक करोड खोप लगाइने जानकारी दिएको छ । अमेरिकामा अहिलेसम्म ५ करोड ७० लाखभन्दा धेरै मानिसलाई खोप लगाइसकिएको छ ।

    त्यसैगरी चीनमा ४ करोड मानिसहरुले खोप लगाइसकेका छन् । युरोपेली युनियनअन्तर्गतका देशहरुमा अहिलेसम्म २ करोड ४५ लाख र भारतमा १ करोड ४ लाखले खोप लगाइसकेका छन् ।
    विश्वमा अहिलेसम्म ११ करोड १२ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । यसमध्ये ८ करोड ६१ लाख मानिस निको भइसकेका छन् भने २४ लाख ६२ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij