आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बादी समुदायका माग सम्बोधन गर्ने मुख्यमन्त्री शाहीको प्रतिबद्धता

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १५, २०७७



  • कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायका नागरिकले उठाएका मागहरु पूरा गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    खेतीयोग्य जमीन र आवासको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडिको चौरमा धर्ना दिँदै आएका सो समुदायको आज मागपत्र बुझ्दै उनले सरकारबाट शिक्षा, स्वास्थ्य, खानेपानीसहित आयआर्जन तथा अन्य आधारभूत आवश्यकतामा उचित सम्बोधन हुन नसेकको स्वीकार गरे ।

    “हामीले चाहेर पनि बादी र राउटे समुदायलाई यस विषयमा सम्बोधन गर्न सकेका छैनौँ,” मुख्यमन्त्री शाहीले भने, “प्रदेश सरकारलाई भूमि दिने अधिकार छैन । प्रदेश सरकार आफैँलाई घर निर्माण गर्न जमीन छैन । अहिले सङ्घ सरकारका पुराना संरचनामा बसेर काम चलाएका छौँ ।”

    उनले थपे, “बादीका समस्याको समाधानका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी नेपाल सरकारलाई अनुरोध गरिनेछ ।” भूमिहीन, सुकुम्बासीलाई जग्गा दिन हालै नेपाल सरकारले देशैभरि भूमि समस्या समाधान आयोगका कार्यालय खोलेर काम शुरु गरेकाले जतिसक्दो छिटो त्यहाँ पुगेर आफ्नो दर्ता गर्न मुख्यमन्त्री शाहीले सुझाए ।

    मागपत्र लिएर पुगेकी बादी महिला भूमि बादीले जीवनमा आउने हरेक समस्याको प्रभाव महिला र बालबालिकाले बढी खेप्नुपरेको दुखेसो गरिन् । आन्दोलनकर्ता विष्णुबहादुर बादीले पुख्यौली पेशाले आज आफूहरुलाई सुकुम्बासी बनाएको पीडा पोखे । “हामी मादल, जाल, बल्छी, सुल्पा, चिलिम बनाउने, माछा मार्ने, बेच्ने, गाउँ घुम्दै माग्दै आफू र आफ्नो परिवारको जीवनयापन गर्दै आएका थियौँ,” विष्णुले भने, “तर आज त्यो सबै खोसिएको छ ।”

    उक्त समुदायले परिवार सङ्ख्याका आधारमा घडेरी, घर र गरिखाने कृषियोग्य जमीन (पाँच परिवार सङ्ख्या बराबर १५ कट्ठा), सामाजिक, सांस्कृतिक कलाको संरक्षण तथा प्रवद्र्धन, आत्मनिर्भरताका लागि सीप र इच्छानुसारको व्यावसायिक तालीम, भेदभावरहित शिक्षा र उच्च शिक्षामा विशेष सहुलियत, सरकारी रोजगारीका लागि विशेष कोटाको व्यवस्था, निःशुल्क स्वास्थ्यलगायतका सातबुँदे माग गर्दै आएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij