आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राप्तीमा कृषि विकास अधिकृतका छोरालाई ‘सेटिङ’ गरेर कृषि अधिकृतको करार सेवामा छनोट

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १५, २०७७



  • दाङको राप्ती गाउँपालिका कृषि विकास अधिकृतका छोरा कृषि अधिकृतको करार सेवामा छानिएका छन्।

    फागुन ९ गते भएको अन्तरवार्ताबाट कृषि विकास अधिकृत महेश अधिकारीका छोरा अनिल अधिकारी कृषि अधिकृत (छैठौं तह)  करार सेवामा छनोट भएका हुन्।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सोही दिन जारी गरेको परीक्षा नजितामा अनिलको नाम पहिलो नम्बरमा छ।

    गाउँपालिकाले माघ २७ गते सूचना प्रकाशित गरि उक्त पदका लागि दरखास्त आह्वान गरेको थियो। दर्जनौंले फारम भरे पनि लिखित परीक्षा नगराई सोझै अन्तर्वार्तामार्फत करार सेवामा कर्मचारी छानिएको हो।

    अधिकारीका छोरा करार सेवाको अधिकृतमा छनोट भएपछि दक्ष आवेदकसहित अन्यले ‘सेटिङ’ गराएर आफ्ना छोरालाई भर्ना गराएको आरोप लगाएका छन्। यद्यपी यसमा आफ्नो कुनै हात नरहेको अनिलका बाबु महेशले सेतोपाटीसँग दाबी गरे।

    उनले आफू शाखा प्रमुख भए पनि छनोट समितिमा नराखेकाले छोरा छनोट भएको बारे‍ आफूलाई केही थाहा नभएको जिकिर गरे।

    ‘म त्यो समितिमा बस्न पनि पाइनँ, त्यो समितिमा मलाई नजिक राख्दा पनि राखेनन्, मलाई थाहाँ नै भएन, कसले कहाँबाट छनोट गर्‍यो त्यो केशमा म संलग्न नै छैन,’ अधिकारीले सेतोपाटीसँग भने, ‘मेरो छोरो त्यहाँ सबैभन्दा सिनियर र टाइलेन्ट थियो, समितिले त्यो सबै मूल्याङकन गरेर छनोट गरेको हुनुपर्छ।’

    उनले धेरै दरखास्त परेको हुँदा छनोट नभएकाले ‘आफ्नो छोरालाई सेटिङमा छनोट गर्‍यो’ भनेर आफ्नो बदनाम गर्न खोजेको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij