प्रकाशित मिति : सोमवार, फाल्गुन १७, २०७७
सागर ओली,तुलसिपुर दाङ।
आइतवार तुलसिपुरबाट लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेकी तुलसा पोख्रेल नाम दिइएकी महिलासंग आफ्नो नाता समबन्ध नरहेको कुरा उहाँका श्रीमान भनिएका मदन पोख्रेलले जानकारी दिनु भएको छ।
उच्च अदालत सुर्खेतका जुम्ला इजलासका न्यायधिश समेतरहेका पोख्रेलले संचार माध्यममा आफ्नो नाम तुलसाको पतीको रुपमा जोडिएर आएको प्रती दुख प्रकट गर्नु भएको छ।
तुलसा मेरो श्रीमती थिइन तर २०७३ सालमा उनको र मेरो बिच अंश सहित सम्बन्ध बिच्छेद भइ सकेकाले हाल तुलसा मेरी श्रीमती होइनन पोख्रेलले भन्नू भयो।
रास्ट्रको चौथो अंगमा रहेको संचार क्षेत्रलाई आफुले सदैव सम्मान गर्ने गरेको र संचारकर्मीले वास्तविक बुझेर समाचार सम्प्रेसन गर्नुपर्ने उहाँले बताउनु भयो ।
तुलसाको म संग कानुनन पति पत्नीको सम्बन्ध नरहेको अवस्थामा उनलाई मेरो थर पोख्रेल भनेर भन्न पनि मिल्दैन उहाँले अगाडि भन्नू भयो।
तुलसा तुलसिपुरको रतननाथ टोलबाट २ ग्राम २६ मिलीग्राम लागू औषध ब्राउनसुगर सहित आइतवार पक्राउ परेकी हुन।उनलाइ जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसिपुरको सयुँक्त टोलीले उनकै घरबाट पक्राउ गरेको हो।
प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित तुलसा पक्राउ परेकी छिन थप अनुसन्धान भइ रहेको इप्रका तुलसिपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बहादुर सिँहले जलजला खबरलाइ बताउँनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij