सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

दैलेख घटनाः भेटियो सुकी र छोराको पनि शव

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २५, २०७७



  • दैलेखको आठविस नगरपालिका-३ का सुकी बडुवाल र उनका छोराको पनि मंगलबार शव भेटिएको छ।

    सोमबार बिहानदेखि हराइरहेका उनीहरूको शव भेटिएको हो। सुकीका दुई छोरीको सोमबार बेलुका डोरीले हात बाँधिएको अवस्थामा शव भेटिएको थियो।

    आइतबार राति मदिरा सेवन गरी घर गएका श्रीमानसँग झगडा परेपछि सुकी सोमबार बिहानै चार छोराछोरीलाई साथमा लिएर घरबाट निस्किएकी थिइन्। उनले आफ्ना सन्तासहित कर्णाली नदीमा हाम फालेको आशंका गरिएको छ।

    उनका श्रीमान मानसिंह बडुवाल प्रहरीको नियन्त्रणमा छन्।

    मंगलबार बिहान सुकी र उनका छोरा ८ वर्षका ललित बडुवालको शव भेटिएको आठबीस नगरपालिका-३ का वडाध्यक्ष प्रयाग शाहीले जानकारी दिए।

    उनीहरूको शव पनि कर्णाली नदीको किनारमै भेटिएको हो। कान्छी छोरी ५ वर्षीया रजनी बडुवालको अवस्था अझ पनि अज्ञात रहेको उनले बताए।

    सोमबार बेलुका सोमबार बेलुका १४ वर्षकी छोरी कल्पना बडुवाल र ११ वर्षकी सरिता बडुवाल माछा मार्न प्रयोग गर्ने डोरीमा हात बाँधिएको अवस्थामा एकै ठाउँमा मृत भेटिएका थिए।

    राकम र अछामको बीचमा पर्ने नदीको अछामतर्फको किनारामा शव फेला परेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij