आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राउटे युवा भन्छन्ः ‘नोकरी पाए हुन्थ्यो’

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २६, २०७७



  • महेन्द्रनगर । तीन दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला आफ्नो परिवारलाई छाक टार्न धौधौ भएको दुखेसो पोखे ।

    बन्दाबन्दीमा गाउँमा ज्याला मजदूरीसमेत पाउन छाडेपछि खाद्यान्नको निकै समस्या भएको बताउँदै राउटे युवक मानसिंहले आफूहरु पनि जागिर खान ईच्छुक रहेको जानकारी दिए ।

    “ गाउँमा ज्यालादारी पनि गर्न नसकिएपछि केही दिन जङ्गलको कन्दमूलको भरमा बाच्यौं”, उनले भने,“लोपोन्मुख भन्ने तर राहत भने सरकारले दिएन् ।”उनले सरकारी निकायमा पियन पदमा भए पनि जागिर खाने मनसायमा रहेको बताउँदै राउटेले गाउँमा मजदूरी पाउन छाडेपछि चिन्तामा रहेको बताए ।

    “ पहिले त दिनभरी काम गरेर बेलुकी चामल किनेर लग्थेँ”, उनले भने,“कोरोना कम भए पनि गाउँमा मजदूरी भएन भने कसरी बाँच्ने ?” कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव र खल्लामसेटीमा गरी पाँच परिवार राउटे समुदाय रहेका छन् ।

    डडेल्धुराको जोगबुढाबाट बसाइँसरी आएका राउटे समुदायका लागि समाजमा कुनै खाले अवसर र सुविधा नरहेको नैनसिंह राउटेको दुखेसो छ । “हाम्रा छोराछोरी पढ्न सकेनन्”, उनले भने,“वन जति सामुदायिक वन भए अब परिवारको जोहो कसरी चलाउने भन्ने चिन्ता भइरहन्छ ।”

    उनले सेनाको श्री नं २५ बाहिनी अड्डाबाट मिलेको चामल एक महिनासम्म खान पुग्ने बताए ।“ लकडाउनभरी एक पटक मात्रै राहत मिल्यो”, उनले भने,“त्यो बेला उधारोमा रासन किनेर खायौं ।” नैनसिंहले सरकारबाट पाउँदै आएको भत्ताले घरको केही हदसम्म खर्च टर्ने गरेको बताए ।

    राउटे समुदायका युवायुवतीलाई आयमूलक काममा लगाउन सीपमूलक कार्यक्रम गाउँमा ल्याउनुपर्ने उनको भनाइ थियो । “अहिले हामी गाउँमा घर बनाउने काममा बढीजसो ज्यालादारी गरिरहेका छौं”, उनले भने,“बन्दमा भारत गएर मजदूरी गर्ने अवस्था पनि भएन् ।”

    यहाँको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष रामनाथले आफ्नो वडामा एक दर्जन राउटे परिवार रहेको बताए।“शुरुमा चार परिवार थिए, सबै वनमा गएर काठका भाँडाकुडा बनाएर किनबेच गर्थे”, वडाध्यक्ष नाथले भने,“ अहिले वनमा आश्रित छैनन् ।”

    उनले सङ्घीय सांसद विकास कोष र जनता आवास कार्यक्रमको साझेदारीमा सात परिवार राउटेलाई पक्की घर निर्माण गरिएको बताए।“ अहिले पनि अरु बाँकी राउटेको घर बन्ने योजनामा छ”, उनले भने,“उनीहरुको रोजगारी भनेकै गाउँमा ज्यालामजदूरी गर्ने हो ।” राउटे परिवारका सदस्यले मासिक रु तीन हजार भत्ता सरकारबाट पाउने गरेका छन् ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij