प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८, २०७७
पत्रकार सुशील शर्माको निधन भएको छ।
लामो समय बिबिसीमा काम गरेका शर्माको शुक्रबार दिउँसो काठमाडौंमा निधन भएको हो।
ठूलो आन्द्राको क्यान्सरबाट लामो समय पीडित शर्माको ओम अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पताल प्रशासनले जनाएको छ।
पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने गरिने भएको छ।
शर्माकी श्रीमती र एक छोरा छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij