प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०७७
आफ्नै नवजात बच्चाको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।
प्रहरीले बाग्लुङ ढोरपाटन नगरपालिका-३ घोसाखानी घर भई कास्की अन्नपूर्ण गाउँपालिका-२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवरलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए।
उनीमाथि आफ्नै ४२ दिनको नवजात शिशुको हत्या आरोप लागेको एसपी श्रेष्ठले बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गीताको केही महिना अघिमात्रै दोस्रो विवाह भएको हो। विवाह भएको ५-६ महिनामै बच्चा जन्मिएपछि हत्या गरेको आरोपीले बयान दिएको एसपी श्रेष्ठले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij