आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

घरमा झुट बोलेर हिँडेकी मोडल नग्न फोटोशुटमा पक्राउ परिन्, ट्याटुले खोलिदियो पोल

  • प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०७७



  • काठमाडौं। दुबइको एक बाल्कोनीमा तीन दर्जनभन्दा धेरै मोडलहरुले नग्न पोज दिएपछि विवाद भएको छ । उनीहरुलाई जेल वा जरिवाना सजाय हुने बताइँदै गर्दा अहिले भने उनहिरुलाई डिपोर्ट गरिने भएको छ । यिनैमध्येकी एक मोडल याना ग्रेबोश्चुकका परिवारले उनी यो फोटोसुटमा भएको कुरा थाहा पाउँदा चकित परे । २७ वर्षकी याना युक्रेनकी हुन् र यो फोटोसुटमा देखिएका ११ मोडल पनि युक्रेनकै हुन् । यी ११ मोडलसहित १ फोटोग्राफरलाई पुलिसले पक्राउ गरेको छ ।

    यानाका भाइ तारसका अनुसार उनको परिवारका कसैलाई पनि याना दुबइ जान लागेको भन्ने अनुमान समेत थिएन । यानाले दुबइमा नग्न फोटोसुट गराएको थाहा पाउँदा आफूसहित पूरै परिवार चकित परेको तारसले बताए । परिवारमा यानाले विदा मनाउन जान लागेको भनेकी थिइन् । यानाको पहिचान उनको ट्याटुको कारण भएको थियो । यानाले इन्स्टाग्राममा पोस्ट गरेका फोटोहरुमा पनि उनको ट्याटु देख्न सकिन्छ । यानासहित अन्य केही मोटलको समेत सामाजिक संजालमार्फत पहिचान खुलेको छ ।

    मेलअनलाइनका अनुसार याना कानुनकी ग्रयाजुएट हुन् । तर, कानुनको क्षेत्रमा काम नपाएपछि उनले रेष्टुरेन्ट र क्याफेमा समेत काम गरेकी थिइन् । विगत एक वर्षदेखि उनले मोडलिङ गरिरहेकी थिइन् । यानाले दुबइबाट कैयौं तस्वीर पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् । दुबइमा मोडलहरु रुस, बेलारुस, मोल्दोभा र युक्रेनबाट गएका थिए । रिपोर्टका अनुसार ११ मोडललाई दुबइ पुलिसले सार्वजनिक ठाउँमा अनैतिक आचरण गरेकोमा पक्राउ गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij