आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जागिरबाट निकालिएको रिसमा कर्मचारीले पसलभित्रै मनपरी गाडी दौडाइदिए

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २७, २०७७



  • काठमाडौं। जागिरबाट निकालिनु कुनै पनि व्यक्तिको लागि अपमानजनक हुन्छ । केही मानिसहरु जागिरबाट निकालिएपछि चुपचाप जान्छन्, केहीले भने यो अपमान सहन सक्दैनन् र आफूलाई जागिरबाट निकाल्नेसँग बदला लिन खोज्छन् । केहीले तत्कालै प्रतिवाद गर्छन् । अमेरिकामा एक व्यक्तिलाई वालमार्टले जागिरबाट निकालेपछि ती व्यक्तिले रिसमा स्टोरको गेट भत्काउँदै पसलभित्र कार घुसाइदिए र पसललाई तहस नहस गर्ने कोसिस गरे ।

    घटना अमेरिकाको नर्थ क्यारोलिनाको कनकर्डमा थण्डर रोडस्थित वालमार्ट स्टोरको हो । ३२ वर्षका आरोपीले रिसमा स्टोरको गेट भत्काउँदै कार भित्र घुसाइदिए र त्यहाँ तहसनहस गर्ने कोसिस गरे । पुलिसले त्यहाँ गएर आरोपीलाई गिरफ्तार गरेको छ । ती व्यक्तिमाथि सरकारी अधिकारीलाई घातक हतियारले आक्रमण गरेको र स्टोरलाई नोक्सान पुर्याएको आरोप छ । फक्सफाइभ न्यूयोर्कका अनुसार आरोपीको नाम जेन्ट्री हो ।

    जागिरबाट निकालिएपछि जेन्ट्री त्यो दिन घर फर्किएका थिए । भोलिपल्ट बिहान कार लिएर स्टोरमा फर्किए, त्यहाँ उनले स्टोरको गेट भत्काउँदै कार लिएर भित्र पुगे । कनकर्ड पुलिस विभागले एक विज्ञप्तिमा यसको जानकारी दिएको छ । पुलिसले आरोपी जेन्ट्रीको तस्वीर पनि सार्वजनिक गरेको छ । पुलिसका अनुसार घटनामा कसैलाई चोट लागेको छैन तर सामान भने धेरै क्षति भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij