आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एमाले सांसद बसेको घरमा ढुंगा हानेको आरोपमा युवक पक्राउ

  • प्रकाशित मिति : बिहिबार, बैशाख २, २०७८



  • काठमाडौं । नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् ।

    बिहीबार राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा नउठेको गुनासो गरेका थिए । महानगरीय प्रहरी परिसर, काठमाडौंमा फोन गरेपछि घटना भएको ४५ मिनेटपछि मात्र प्रहरी आइपुगेको उनले बताएका थिए ।

    घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले २२ वर्षका मनोज तामाङलाई पक्राउ गरेको छ । रामेछाप घर भई गठ्ठाघर बस्दै आएका उनीसँगै नसिन लिम्बुले राति सांसद रावल बसेको घरमा ढुंगा हानेका थिए ।

    तामाङका अनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्ने गरेका थिए । तर घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको तामाङले बताएको एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij