आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एकाएक किन चल्यो भयानक हावाहुरी ? यस्तो छ मौसमविद्को भनाइ

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ३, २०७८



  • राजधानीमा बिहीबार राति एकाएक भयानक हावाहुरी चल्यो । एकाएक हावाहुरी चलेपछि जनजीवन प्रभावित हुनुका साथै विद्युत सेवा समेत अवरुद्ध बन्यो भने हावाहुरी चल्ने क्रम अझै रोकिएको छैन ।

    आखिर यसरी एकाएक किन हावाहुरी चल्यो ? यो प्रश्न जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरलाई सोध्दा उनले देशको दक्षिण पश्चिमबाट वर्षा गराउने बादल विकसित भएको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा यसरी हावाहुरी चलेको बताइन् ।

    उनले काठमाडौंसहित सबै प्रदेशमा हावाहुरी चलेको हुन सक्ने बताउँदै यो क्रम झण्डै दुई घण्टा चल्ने अनुमान गरिएको बताइन् । जहाँ-जहाँ बादल बनेको छ त्यहाँ हुरी चलेको छ भन्दै उनले प्रदेश १, बागमती, गण्डकी सुदूरपश्चिम, कर्णाली लगायतको पश्चिम क्षेत्रमा बादल रहेको बताइन् ।

    यस्तै तराईतिर हावाहुरी चलेको उनले बताइन् । ‘उत्तर पूर्वतिर सर्ने क्रममा रहेको छ,’ उनले भनिन्, ‘हुरीले देश पार गरेपछि मात्रै कम हुन्छ । एक दुई घण्टा हुन्छ । वर्षा चाहिँ हल्का हुन्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij