आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एउटै कार्यालयका पाँच कर्मचारीको दुर्घटनामा निधन भएपछि …

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ३, २०७८



  • गुल्मी । प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको थियो । त्यस्तै वैशाख ३ गते शुक्रबारदेखि ६ गते सोमबारसम्म कार्यालयका मुद्धा र शान्ति सुरक्षाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवम् सुचना अधिकारी उद्धव पन्थीले जानकारी दिए ।

    बिहीबार नयाँ बर्षको दिन पारेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित १७ जना लु १ ज १६६५ नम्बरको जीपमा प्युठानको स्वर्गद्धारी भ्रमणमा गएका थिए । तर जीप प्युठानको स्वर्गद्धारी नगरपालिका –३ रुमालेमा दुर्घटना हुँदा पाचँ जनाको मृत्यु भएको थियो ।

    दुर्घटनामा परी कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सुर्य पन्थी, खरिदार इश्वरी भण्डारी, यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको थियो ।

    दुर्घटनामा घाइते भएका सन्दिप परियार, सार्थक ज्ञवाली, कमला पन्थी, गीता मुखिया, अनिस मुखिया, मुना पाण्डे र सुनिता कडेँल गरी सात जनालाई उपचारको लागि काठमाडौं लगिएको छ ।

    घाइतेमध्ये डिल बहादुर थापाको प्युठानको बिजुवारामा उपचार भइरहेको र अन्य चारजनाको स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रशासन कार्यालयले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij