मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘कोरोना संक्रमित बढेसँगै अक्सिजन अभाव हुने देखियो’

  • प्रकाशित मिति : सोमवार, बैशाख ६, २०७८



  • काठमाडौं । चिकित्सकहरूले कोरोना संक्रमितको संख्या बढेसँगै उपचारमा प्रयोग हुने अक्सिजनको अभाव हुने देखिएको जनाएका छन् ।

    संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार भएको छलफलमा चिकित्सकहरूले भारतबाट आउने अक्सिजनको आयात रोकिएका कारण कोरोनाको समयमा अक्सिजनको अभाव हुने देखिएको जनाएका हुन ।

    छलफलमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लले अक्सिजनको आयात रोकिएका कारण अब कोरोनाका बिरामीको उपचारमा नै समस्या हुने देखिएको जानकारी दिनुभयो ।

    यस्तै बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रका निर्देशक डा. चन्द्र मणी अधिकारीले हाल मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने कतिपय औषधि समेत अभाव हुने देखिएको बताउनुभयो । औषधिको आपूर्ति कम हुँदा हाल १० देखि १५ जना बिरामीको मात्र शल्यक्रिया गर्ने औषधि रहेको जानकारी दिनुभयो ।

    पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले हाल गत वर्षको जस्तो कोभिडको मात्र बिरामीलाई प्राथमिकतामा राख्नु भन्दा नन कोभिडको बिरामीलाई पनि प्राथमितामा राख्न सरकारलाई सुझाव दिनुभयो । संक्रमण बढे सँगै आईसीयू कक्ष, जनशक्ति र उपचारमा प्रयोग हुने रेमडिसिभर औषधिको समेत अस्पतालमा अभाव भएको बताउनुभयो ।

    समितिमा वीर र भक्तपुर अस्पतालका निर्देशहरूले संक्रमितको संख्या उकालो लाग्दै गर्दा अक्सिजन , आईसीयू र जनशक्तिको अभाव हुने बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij