प्रकाशित मिति : शुक्रबार, बैशाख १०, २०७८
दाङमा कोरोना भाइरस संक्रमित एक १५ वर्षीया विद्यार्थीको मृत्यु भएको छ।
गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो
उनको शुक्रवार बिहान १ बजेतिर मृत्यु भएको हो।
स्वास्थ्य समस्या देखिएपछि उनी वैशाख ८ गते उपचारका लागि भनेर बुटवल गएका थिए।
बुटवलपछि भैरहवास्थित कोरोना अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो।
उक्त विद्यालयका एक शिक्षकलाई पनि संक्रमण पुष्टि भएको छ। उनको हाल उपचार भइरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij