आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

२२ व्यक्तिलाई कोरोना सारेको आरोपमा स्पेनमा एक व्यक्ति पक्राउ

  • प्रकाशित मिति : आइतवार, बैशाख १२, २०७८



  • एजेन्सी । स्पेनमा २२ जना व्यक्तिलाई कोरोना संक्रमण सारेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

    रुघाखोकी र ज्वरोले ग्रस्त ती व्यक्तिले पीसीआर परिक्षण गराई रिपोर्ट नआउँदै जीम हल र कार्यालय जाने गरेकोमा पछि उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

    काममा रहंदा ती पुरुषले अरुले लगाएको मास्क तान्दै कोरोना सार्छु भन्दै धम्की दिने गरेको समेत खुलेको छ ।

    ती व्यक्तिको सम्पर्कमा आएका ३ बर्षिय बालक सहित २२ जनालाई कोरोना संक्रमण भएपछि उनलाई पक्राउ गरिएको हो ।

    केही दिनदेखि कोरोना लक्षण देखा परेका ती ब्यक्तिका लापरवाहीका कारण अन्य ब्यक्तिहरु संक्रमित भएको भन्दै उनलाई हदैसम्मको कारबाही हुने अधिकारीहरुले जनाएका छन् ।

    यसअघि स्पेनमा प्रहरी अधिकृतलाई थुकेको आरोपमा एक कोरोना संक्रमित पुरुष जेल चलान भएको थिए ।

    स्पेनमा कोरोना संक्रमितको संख्या ३४ लाख ६८ हजार ६ सय नाघेको छ भने ७७ हजार ५ सय बढीको मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij