प्रकाशित मिति : आइतवार, बैशाख १२, २०७८
बिनिता शर्मा, काठमाडौ ।
कुशे गाउँपालिका जाजरकोटमा हेलिकप्टरबाट सुत्केरी उद्धार गरिदै छ।
जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नम्बर २ कासीगाउँ निवासी दल बहादुर दमाईकि धर्मपत्नी कालिका दमाईको स्वास्थ चौकी टालेगाउँमा सुत्केरीको ब्यथाले च्यापेर स्वास्थ चौकीमा ल्याएको र बच्चा पाठेघरको मुखमा आएर बसेकोले बच्चा जन्माउन हरेक कोसिस गर्दै गर्दा, २४ घण्टासम्म बच्चा नजन्मिएपछी,आमा र बच्चाको ज्यानको सुरक्षाको लागि गाउँपालिकाले अहिले हेलिकप्टरबाट १ घण्टा भित्र सुर्खेत पठाउन लाएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जलजला खबरलाई जानकारी दिनुभयो।
यो लाग्ने खर्च संपूर्ण गाउँपालिकाले बेहोर्ने उहाँले बताउँनुभयो।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij