प्रकाशित मिति : सोमवार, बैशाख १३, २०७८
बिनिता शर्मा, काठमाडौ । जाजरकोटको कुशे गाउँपालिकामा सुत्केरी हुने क्रममा बच्चा नजन्मिएपछी गाउँ पालिकाले हेलिकप्टरबाट सुर्खेत ल्याई अस्पतालमा आमाको ज्यान बचाउन सफल भएको छ भने बच्चा मरेको र सफल अप्रेसन गरि आमाको ज्यान बचाईएको हो।

जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नम्बर २ कासीगाउँ निवासी दल बहादुर दमाईकि धर्मपत्नी कालिका दमाईको स्वास्थ चौकी टालेगाउँमा सुत्केरीको ब्यथाले च्यापेर स्वास्थ चौकीमा ल्याएको र बच्चा पाठेघरको मुखमा आएर बसेकोले बच्चा जन्माउन हरेक कोसिस गर्दै गर्दा २४ घण्टासम्म बच्चा नजन्मिएपछी,आमा र बच्चाको ज्यानको सुरक्षाको लागि गाउँपालिकाले अहिले हेलिकप्टरबाट सुर्खेत लगिएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जलजला खबरलाई जानकारी दिनुभयो।
अहिले आमा अबस्था ठिक भएको अध्यक्ष बस्नेतले बताउँनु भयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij