आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दाङमा अक्सिजनको आपूर्तिमा कमि हुँदा बिरामीको जीवन कष्टकर बन्दै।

  • प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८



  • सागर ओली, घोराही दाङ।

    दाङमा अक्सिजनको आपूर्तिमा कमि हुँदा कोरोना संक्रमित बिरामी अस्पतालमा पुगेपनि झन पछी झन समस्या हुँदै गएको छ।सिलिन्डरको अभावमा अक्सिजन रिफिलिङ हुँन नसक्दा यो अबस्था आएको हो।

    अक्सिजनको आपूर्तिमा कमि हुन गै उपचार हुँन नसक्दा बिरामीले कष्टकर जीवन भोग्नुपरेको हो।

    यदि यहीँ अबस्था रहेमा घर घरमा सिंह दरबार भन्ने नारा,नारा मै सीमित हुने छ।

    यस्तो अवस्था हुँदासम्म दाङ जस्तो जिल्लामा हालसम्म ४३ वटा बेड भएको अस्पताल छ जहाँ ५९ बिरामी छ्न, बेड बाहेकका अरु सबै भुइँमा छन्।

    त्यसैगरी राप्ती स्वास्थ प्रतिष्ठान घोराहीमा १७ जना बिरामी छन्।

    अहिलेसम्म अस्पतालमा बेडको अभावको कारणले घर घरमा बसी १५ सयभन्दा बढीले उपचार गर्दै आएको स्वास्थकर्मचारीहरुले बताएका छन्।

    उता दाङका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलको सहभागितामा अक्सिजनको कमि भएकोले कसरी आपूर्ति गर्न सकिन्छ भन्ने उदेश्यले कोरोना बिशेष अस्पताल बेलझुण्डीमा एक बैठक बसी ठुला उद्योगबाट सीलिन्डरको तथ्याकं लिई आपूर्तिको लागि पहल भएको र यहाँ भएका सीलिन्डर रिफिलिङको लागि नेपालगंज पठाईएको अस्पतालका ब्यबस्थापक द्रोण ओलीले जानकारी दिनु भयो।

    अहिलेसम्म कोरोनाका कारण यो बर्ष यो जिल्लामा ३३ जनाको मृत्यु भएको तथ्यांक छ।

    जस्मा २४ जना दाङका अस्पतालमा र ९ जना दाङ घर भएका तर मृत्यु बाहिर जिल्लामा मृत्यु भै यहाँ ल्याईको कोरोना बिशेष अस्पतालले बताएको छ।

    राज्य चलाउनेहरुले कुर्सीमा लडाइँ गर्न मात्रै लागेको देखिन्छ, त्यसतर्फ ध्यानाकर्षण हुन नसके ठुलो संख्यामा जनको क्षती हुने निश्चित छ।

    त्यसैले समय मै सम्बन्धित पक्ष सजग भै त्यहीँ अनुसारको समयमा काम गरे

    बाताबरण सहज हुने जनताको ज्यानको सुरक्षा हुने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij