आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

घोराहीको जंगलमा भेटियो मानव कंकाल, कंकाल सञ्चारकर्मी देवेन्द्रको भएको आशंका

  • प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८



  • घोराहीको एक जंगलमा मानव कंकाल भेटिएको छ । घोराही लेटार जनकपुरको जंगलमा भेटिएको उक्त कंकाल केहि महिना देखि हराईरहेका सञ्चारकर्मी देवेन्द्र ओलीको हुन सक्ने आशंका गरिएको छ । तर परिवारले भने अहिले सम्म देवेन्द्रको कंकाल हो भनेर स्वीकार गरिसकेको छैन ।

    कंकालको डिएनए परिक्षणबाट मात्रै यथार्थता थाहा हुने भन्दै परिवारले डिएनए परिक्षणको माग गरेको छ । उक्त कंकाल संगै ज्याकेट,घडी, जुत्ता भेटिएका छन् । ज्याकेट, घडी र जुत्ता भने देवेन्द्रकै हुन सक्ने आशंका परिवारले गरेको छ ।

    ‘ज्याकेट, घडी र जुत्ता छोरा देवेन्द्रकै हो जस्तो देखिन्छ,’ देवेन्द्रका बुवा दोर्णले भने ‘तर यि तीन चिजकै आधारमा छोराकै कंकाल हो भनेर भन्न सकिने अवस्था छैन ।’

    उनका अनुसार देवेन्द्रले प्रयोग गरेको मोबाईल र लगाएको सर्ट भने फेला परेको छैन । डिएनए परिक्षणनै छोराको शब हो वा हैन भन्ने थाहा पाउने एक मात्रै बिकल्प भन्दै उनले अन्यथा देवेन्द्रको कंकाल भनेर आँफूहरुले स्वीकार्न नसक्ने दोर्णको भनाई छ ।

    ‘डिएनए परिक्षणबाट मात्रै यथार्थता थाहा हुन्छ,त्यो नहुँदा सम्म छोराको शब हो भनेर हामीले स्वीकार्दैनौँ,’दोर्णले भने ‘डिएनए परिक्षणका लागि प्रकृया सुरु गर्ने भन्ने कुरा भएको छ ।’

    गत माघ १५ गते घोराही स्थित दिदीको घरबाट निस्केका देवेन्द्र त्यस यता बेपत्ता छन् । उनि दिदीको घरमा डेरा गरि बस्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij