आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जनार्दन शर्माको पहलमा रुकुम पुग्यो अक्सिजन सिलिन्डर, प्लान्ट जडान हुँदै

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २१, २०७८



  • काठमाडौं । कोभिडको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको छ । संक्रमितहरु लाई अक्सिजनकाे सम‍ेत अभाव हुन थालेकाे छ ।

    कोरोना संक्रमितकाे उपचारका लागि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा रुकुम पश्चिमका संघिय सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले जिल्ला अस्पताल रुकुम (पश्चिम) मा २९ थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ ।

    उपलव्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा कमि हुन नदिन आफु लागिरहेको र चाँडै थप सिलिन्डर जोहो गर्ने शर्माले जानकारी दिनुभयो ।

    यसैबिच शर्माकै पहलमा रुकुम जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुँदैछ । अक्सिजन प्लान्ट जडान गर्न प्रतिमिनेट ४० लिटर अक्सिजन बहने क्षमताको मेसिन अस्पतालमा लगिएको छ ।

    बायोमेडिकल इन्जिनियर सौभर सिजापतीका अनुसार पाइप लाइनको काम बाँकी छ, केही दिनमै मुख्य लाइनबाट बिरामीको बेडसम्म अक्सिजन लैजाने पाइप जडानको काम हुने छ ।

    लक्षणसहितका कोरोना संक्रमित बढ्दै जाँदा अक्सिजन प्लान्टको माग  बढेको हो । जिल्ला समन्वय समितिले अन्य स्थानीय तहका स्वास्थ्य संस्थामा पनि अक्सिजन प्लान्ट जडान गर्न पहल थालेको छ ।

    जिल्ला समन्वय समिति प्रमुख  राजकुमार शर्माका अनुसार सबै स्थानीय तहमा कम्तीमा २० वटा आइसोलेसन बेड तयार गर्ने योजना छ । चौरजहारी अस्पतालमा १ सय र जिल्ला अस्पताल सल्लेमा ५० बेड थप्ने निर्णय भएको छ ।

    हरेक स्थानीय तहले कम्तीमा १० वटा अक्सिजन सिलिन्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्टेटर तत्काल व्यवस्था गर्ने गरी आवश्यक समन्वयको काम भएको शर्माले बताउनुभयो ।

    काठमाडौं । कोभिडको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको छ । संक्रमितहरु लाई अक्सिजनकाे सम‍ेत अभाव हुन थालेकाे छ ।

    कोरोना संक्रमितकाे उपचारका लागि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा रुकुम पश्चिमका संघिय सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले जिल्ला अस्पताल रुकुम (पश्चिम) मा २९ थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ ।

    उपलव्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा कमि हुन नदिन आफु लागिरहेको र चाँडै थप सिलिन्डर जोहो गर्ने शर्माले जानकारी दिनुभयो ।

    यसैबिच शर्माकै पहलमा रुकुम जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुँदैछ । अक्सिजन प्लान्ट जडान गर्न प्रतिमिनेट ४० लिटर अक्सिजन बहने क्षमताको मेसिन अस्पतालमा लगिएको छ ।

    बायोमेडिकल इन्जिनियर सौभर सिजापतीका अनुसार पाइप लाइनको काम बाँकी छ, केही दिनमै मुख्य लाइनबाट बिरामीको बेडसम्म अक्सिजन लैजाने पाइप जडानको काम हुने छ ।

    लक्षणसहितका कोरोना संक्रमित बढ्दै जाँदा अक्सिजन प्लान्टको माग  बढेको हो । जिल्ला समन्वय समितिले अन्य स्थानीय तहका स्वास्थ्य संस्थामा पनि अक्सिजन प्लान्ट जडान गर्न पहल थालेको छ ।

    जिल्ला समन्वय समिति प्रमुख  राजकुमार शर्माका अनुसार सबै स्थानीय तहमा कम्तीमा २० वटा आइसोलेसन बेड तयार गर्ने योजना छ । चौरजहारी अस्पतालमा १ सय र जिल्ला अस्पताल सल्लेमा ५० बेड थप्ने निर्णय भएको छ ।

    हरेक स्थानीय तहले कम्तीमा १० वटा अक्सिजन सिलिन्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्टेटर तत्काल व्यवस्था गर्ने गरी आवश्यक समन्वयको काम भएको शर्माले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij