आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चिताबाट धुँवा उडिरहे छ,कारुणिक दृश्य

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २१, २०७८



  • कोरोनाबाट मृत्यु हुनेको संख्या बृद्धि हुन् थालेपछि पशुपति आर्यघाट बागमती नदी किनारमै शव जलाउन थालिएको छ। सोमबार पहिलो पटक बागमती किनारामा शव जलाइयो। त्यसले मंगलबार पनि निरन्तरता पाएको छ। सोमबार ३४ वटा शव जलाइएको थियो भने मंगलबार दिउँसो ४ बजेसम्म २० वटा शव जलाइएको छ।

    दाहा संस्कारका लागि चिता त बनाइएको छ तर, मृत्यु संस्कारमा न विधि पु्याइएको छ न कोही आफन्तको रुन पाएका छन्। आफन्तले आफ्ना प्रिजयनको अन्तिम बिदाइमा मुखाग्नी पनि दिन नपाएको कारुणिक दृश्य देखिन्छ पशुपति आर्यघाटमा।

    पशुपतिको छेउमै रहेको शवदाह गृहमा दैनिक १५ वटा शव जलाउने गरिएकोमा अहिले त्यहाँ धेरै मात्रमा शव आउदा धान्न समस्या परेपछि बागमती नदी किनार मै जलाउन थालिएको हो।

    पशुपति क्षेत्र विकास कोषका निर्देशक डा.घनश्याम खतिवाडका अनुासर कोरोना संक्रमणबाट मृत्यु भएको शवहरु पशुपतिको छेउमै रहेको शवदाह गृहमा जलाउने गरेको थियो। तर अहिले कोरोनाबाट मृत्यु हुने संख्या वृद्धि भएपछि बागमती नदी किनार मै शव जलाउन थालिएको उनले जानकारी दिए।

    ‘हिजो मात्र कोरोनाबाट मृत्यु भएका ३४ ओटा शवहरु जलाइएको थियो, केही दिन अघिसम्म दिनमा २, ३ ओटा शव जलाउँथे भने अहिले शवको संख्यामा वृद्धि भएको छ,’ निर्देशक डा. खतिवडाले भने, ‘नियमित शव जलाउने घाटमा कोरोनाबाट मृत्यु हुने शव मिक्स नगर्ने, नियमित शव जलाउने घाटमा अहिले दिनमा ४० देखि ४५ सम्म शव जलाइएको छ।’

    उनले भने, ‘शवदाह गृहमा एउटा शव जलाउन धेरै समय लाग्छ त्यस्तोमा एकै चोटीमा ३४ ओटा शव आउदा व्यावस्था गर्न अप्ठायारो भएपछि बागमती नदी किनार मै शव जलाउन थालिएका छौंं। अहिलेको अवस्था यस्तै छ अप्ठायारो, तर के गर्नु अहिले के गर्ने अवस्था छैन् । सामूहिक दाह संस्कार गर्नु पर्ने अवस्था छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij