आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सरकारले स्थानीय तहलाई भन्योः दैनिक गाउँटोल निःसंक्रमण गर

  • प्रकाशित मिति : बिहिबार, बैशाख २३, २०७८



  • काठमाडौं । केन्द्र सरकारले स्थानीय तहले गाउँटोल निःसंक्रमण गर्नुपर्ने गरी कार्ययोजना निर्माण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड नियन्त्रण सम्बन्धी कार्ययोजना अनुसार हरेक स्थानीय तहले आ–आफ्नो गाउँटोल निःसंक्रमण गर्नुपर्ने उल्लेख गरेको छ ।

    कार्ययोजना अनुसार २३ वैशाखदेखि नै स्थानीय तहले दैनिक आफ्नो गाउँटोल निःसंक्रमण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यसको समन्वयको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ ।

    कोरोना संक्रमणको महामारी समुदाय स्तरमा फैलिइसकेकाले यसको रोकथामका लागि सरकारले दैनिक निःसंक्रमण सहितको कार्ययोजना सार्वजनिक गरेको हो । तर केन्द्रले निःसंक्रमण कसरी गर्नेभन्ने विषयमा भने कुनै उल्लेख गरेको छैन ।

    गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले केन्द्रले जारी गरेको कार्ययोजना हेरेपछि मात्रै केन्द्रले भनेअनुसार अघि बढ्ने र त्यतिबेलासम्म हरेक स्थानीय तहले आफ्नै ढंगले कोरोना रोकथामको प्रयास जारी राख्ने जानकारी दिए ।

    उनले यस विषयमा आफूहरुसँग छलफल नभएको भए पनि महामारीको समयमा सबै कुरा छलफल गर्न सम्भव नभएकोले सरकारको यो निर्देशन गाउँपालिकाहरुले स्वीकार गर्दै कोरोना नियन्त्रणमा केन्द्र सरकारको पहललाई सहयोग गर्ने बताए ।

    कार्यविधिमा संघ अन्तर्गत्का निकायहरू एवं स्थानीय तहलाई विभिन्न जिम्मेवारी तोकिएको भएपनि प्रदेशको जिम्मेवारीबारे भने केही उल्लेख छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij