आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मान्छे बस्ने रिसोर्टमा २ दिनदेखि बाघको कब्जा, रिसोर्टभित्रै सिकार गरेर त्यही खाँदै बसिरहेछ

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २४, २०७८



  • काठमाडौं। भारतको मध्य प्रदेशमा एक रिसोर्टमा २ दिनदेखि एउटा बाघले कब्जा गरेर बसिरहेको छ । बाँधवगढ टाइगर रिजर्भ नजिकै रहेको उक्त निजी रिसोर्टमा २ दिनअघि आएको बाघ अहिलेसम्म पनि त्यहीँ छ । भारतीय मिडियाका अनुसार बाघले रिसोर्ट परिसरभित्र नै एउटा गोरुको सिकार गरेको छ र त्यही सिकार खाँदै बाघ रिसोर्टभित्र नै बसिरहेको छ ।

    बाँधवगढ टाइगर रिजर्भको धमोखर रेन्जको मरदरी गाउँमा समोद सफारी लज नामको एक रिसोर्ट छ । बाँधवगढ टाइगर रिजवर्भ रिसोर्टसँग नै जोडिएको छ । यहाँ यसअघि पनि घाइते र बुढा बाघहरु सजिलो सिकारका कारण मानिस बस्ने षेत्रमा आएर मानिसले पाल्ने जनावरको सिकार गर्ने गरेका छन् । अहिले पनि घाइते बाघ आएर जंगलसँग जोडिएको यो रिसोर्टभित्र पसेर घरपालुवा जनावर।को सिकार गरेको छ र त्यहीँ बसेको छ ।

    बाघले सिकार गरेर रिसोर्ट परिसरभित्र बनेको एक कटेजको बाहिरपट्टि बसिरहेको बेलामा रिसोर्टका कर्मचारीले बाघलाई देखेका थिए । बाघ देखेपछि कर्मचारीहरुले टाइगर रिजर्भका अधिकारीहरुलाई सूचना दिएका थिए । टाइगर रिजर्भका उप संचालक स्वरुप दीक्षितका अनुसार अधिकारीहरुले बाघमाथि निरन्तर निगरानी गरिरहेका छन् । अहिले बाघ आफैं जंगलमा फर्केर जाने प्रतिक्षा भइरहेको छ । बाघको बाटो पर्ने षेत्रमा मानिसको आवतजावत बन्द गराइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij