प्रकाशित मिति : सोमवार, पुस १८, २०७३
काठमाडौं । भारतीय मोबाइल कम्पनी इन्टेक्सका लागि नेपालको आधिकारिक वितरक सीजी इम्पेक्स् प्रालिले देशभरका उत्कृष्ट ५० बिक्रेता तथा कर्मचारी थाइल्याण्ड गएका छन् । 
इन्टेक्स मोबाईल कम्पनीका मोबाईल स्कीमअनुसारको लक्ष्य पूरा गर्दै सबैभन्दा धेरै बिक्री गर्ने देशभरका उत्कृष्ट ५० जनालाई ४ रात ५ दिनको लागि थाइल्याण्डको बैंकक र पटायामा बिक्रेताहरुको भेला र भ्रमणका लागि पठाएको हो ।
थाइल्याण्ड पठाएका बिक्रेता तथा कर्मचारीहरुले भेला र भ्रमणपछि बिक्री वितरण तथा बजार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने इन्टेक्स स्मार्ट फोनको बजार व्यवस्थापक कुसुम लामा योन्जनले जानकारी दिए ।
चौधरी गु्रप अन्तरगत रहेको इन्टेक्स स्मार्ट फोनको सिजी इम्पेक्स् प्रालिले नेपालभर वितरण गर्दै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij