प्रकाशित मिति : बिहिबार, बैशाख ३०, २०७८
बाँके । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह अस्वस्थ हुनुभएको छ ।
शाहको श्वास प्रश्वासमा समस्या देखिए पछि भारतको लखनऊमा २७ दिन देखि उपचाररत रहेको परिवारले जनाएको छ ।
गत वर्षको कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अध्यक्ष शाह कोरोनाको दोस्रो लहर सुरु भए संगै अस्वस्थ हुनु भएको हो ।
अध्यक्ष शाहले भन्नु भयो, मेरो पुरै परिवार यतिबेला अस्वस्थ रहेको र छोरा बुधबार अस्पतालबाट डिस्चार्ज भएको छ बताउँदै उहाँले डाक्टरहरुको प्रत्यक्ष निगरानीमा आफ्नो सहित परिवारको उपचार चलिरहेकोले सिघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरिदिन आग्रह गर्नु भयो ।
अध्यक्ष शाहले कोरोनाको दोस्रो लहरलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न र जनताको स्वास्थ्य प्रति गम्भीर बन्न गाउँपालिकालाई निर्देशन दिएको बताउनुभयो । शाहले गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी मसुद अहमद शाहलाई दिएकोे र उहाको नेतृत्वमा कोरोना नियन्त्रणको काम जारी रहेको जिकिर गर्नुभयो । जनतालाई बिचलित नहुन समेत उहाँले आग्रह गर्नुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij