आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नवलपरासी रामग्रामका मेयरले प्रयोग गर्ने सवारीले कोरोना संक्रमित बोक्दै

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १, २०७८



  • परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ताले आफूले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेका छन् ।

    नगरपालिकामा कोरोना संक्रमणदर बढ्दै गएको र नगरमा भएका एम्बुलेन्सले कोरोना संक्रमित र अन्य बिरामी बोक्नु परेको भन्दै कोरोना संक्रमित र लक्षण भएका मानिसलाई अस्पताल र आइसोलेसनसम्म लैजान आफूले प्रयोग गर्दै आएको लु १ झ ४७३ नम्बरको स्कार्पियो एम्बुलेन्सकोरुपमा प्रयोग गर्न दिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।

    जिल्लामा २१ वटा एम्बुलेन्स भएपनि कोरोना संक्रमित बिरामी बोक्न र लक्षण भएका मानिसहरु बोक्न आनाकानी गर्न थालेपछि गुप्ताले आफ्नो सुविधाको सवारीलाई संक्रमण अवधीभरका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्न नगरबासीलाई आग्रह गरेका छन् । मेयर गुप्ताले प्रयोग गर्ने सवारीमा अक्सिजनसहित अन्य स्वास्थ्य सामग्री राखिएको छ ।

    रामग्राम नगरपालिकाले दश बेडको अक्सिजन सहितको आइसोलेसन सञ्चालन गरेको छ । नगरपालिकाले कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij