बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

देख्नेले पनि दृष्टिविहीनको अनुभूति

  • प्रकाशित मिति : बुधबार, पुस २०, २०७३



  • पोखरा ।  झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवम् सर्वसाधारणले केही समय भए पनि अनुभूति गरेका छन् ।

    विश्व ‘ब्रेल दिवस तथा २०८ औँं लुइब्रेल’ जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा यहाँ आयोजित अँध्यारो यात्राका सहभागीले आँखा छोपेर सेतो छडीको सहारामा हिँडदा त्यस्तो अनुभूति गरेका हुन ।

    पोखराको मानवअधिकार चोकबाट सुरु भएको अँध्यारो यात्रा चिप्लेढुङ्गस्थित बीपी चोक परिक्रमा गरेर पुनः सोही चोकमा आइपुग्न लगभग एक घन्टा लागेको थियो भने यात्राका सहभागीले निक्कै अप्ठेरो अनुभूति गरेको दृश्य देखिन्थ्यो ।

    सडकमा देखिने सेतो छडी बोकेका दृष्टिविहीनको व्यथालाई आँखा देख्नेको अन्तरआत्माबाट बुभ्mन र सहयोगी भावनाको विकास गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक सुष्मा पौडेलले बताइन् ।

    उनका अनुसार पोखराका सडक, सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका साधनलगायतका विभिन्न भौतिक संरचना र व्यवहारसमेत अपाङ्गमैत्री हुननसक्दा समाजका शारीरिक एवम् मानसिक अपाङ्गले कष्टकर जीवन जीउन बाध्य रहेका छन् ।

    कार्यक्रमका सहभागीले एक हजार रुपैयाँ सहयोग गरेपछि सेतो छडी र आँखा छोप्नेपट्टी प्राप्त गर्ने व्यवस्था गरिएको बताउँदै उनी भन्छिन–“ कार्यक्रमबाट बचेको ६२ हजार रुपैयाँ नेत्रहीन सङ्घ कास्कीलाई अक्षयकोष स्थापना गर्नका लागि सोही कार्यक्रममा हस्तान्तरण गरिएको छ ।”

    सरकारी कार्यालयमा आउँदा दृष्टिविहीनको भोगाई कस्तो हुन्छ भन्ने आफूले पहिलो पटक अनुभूति गर्ने मौका पाएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले बताए ।

    “प्रत्येक सरकारी कार्यालयका कर्मचारीलाई समेत यस्ता कार्यक्रममा सहभागी गराउनु आवश्यक छ,” उनले भने ।

    सोही कार्यक्रममा कास्की जिल्लाबाट पहिलो प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने दृष्टिविहीन विद्यार्थी विष्णुमाया विकलाई सम्मान गरिएको थियो । उनीलाई पाँच हजार नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

    दृष्टिविहीनको वास्तविकतालाई समाजमा छर्लङ्ग पार्ने सन्देशमूलक कार्यक्रमलाई मुलुक र संसद समक्ष पु¥याउन पहल गरिने राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सचिवालय सदस्य शिशिर खनालले बताए ।

    फ्रान्सका लुइब्रेलले प्रतिपादन गरेको ब्रेनलिपी विश्वका दृष्टिविहीनको एउटै भाषा बनेको भए पनि नेपालमा एकदशक अगाडि मात्र भित्रिएको दृष्टिविहीन श्रीकान्त सापकोटाको भनाइ छ ।

    नेत्रहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार सोही कार्यक्रममा बर–पिपल प्लास्टिक स्टोर्सका सञ्चालक हरिप्रसाद सिलवालले सङ्घलाई रु १० हजार नगद आर्थिक सहयोग गरेको थियो ।

    विश्व ब्रेन दिवसको अवसरमा नेत्रविहीन सङ्घ कास्कीद्वारा आयोजित दृष्टिविहीन अन्तर्गत भएको निबन्ध प्रतियोगितामा अमरसिंह उच्च माविका अञ्जन बस्ताकोटी र सङ्गीता कुँवर तथा जनप्रकाश उच्च माविका सुष्मा तामाङ क्रमश प्रथम, द्धितीय र तृतीय भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij