शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रेमीसँग कुकुरको हाउभाउमा घुम्छिन् यी महिला, घाँटीमा बाँधिराख्छिन् पट्टी

  • प्रकाशित मिति : बुधबार, पुस २०, २०७३



  • संसारभरी यस्ता अचम्मका मानिसहरु छन् जसबारे थाहा पाउँदा तपाईं अचम्मित हुनुहुनेछ । यस्तै अचम्मका मानिसहरुमध्ये एक छिन् न्यूयोर्कको स्टेटन आइल्याण्डमा बस्ने २३ वर्षीया अन्ना तेसू । सुन्दा अचम्म लाग्ला तर उनलाई कुकुरजस्तै बस्न मनपर्छ । यसकारण उनी आफ्नो गलामा पट्टी बाँधेर घुम्ने गर्दछिन् । यद्यपी, पछिल्लो केहि दिनदेखि उनी गायब छिन् ।

    अन्ना जब १३ वर्षकी थिइन् त्यतिबेलादेखि नै उनी आफूलाई कुकुरजस्तै बाँधियोस् भन्ने चाहन्थिन् । जब उनी युवावस्थामा प्रवेश गरिन् तब उनले आफ्नो यस्तो शौखबारे प्रेमीलाई जानकारी दिइन् । पहिलो पटक अन्ना र उनका प्रेमी नाथन रिलीलाई सपिङ मलमा यस्तो हालतमा देखेर मानिसहरु अचम्मित भए । मानिसहरुले उनलाई निकै अचम्मको दृष्टिकोणले हेरिरहेका थिए ।

    अन्ना मानसिक रुपमा विक्षिप्तः

    वास्तवमा, संसारको कुरालाई बेवास्ता गर्ने यो जोडीका अनुसार उनीहरु संसारको सबैभन्दा रोमान्टिक जोडी हो र उनीहरु आफ्नो जीवनमा निकै खुसी छन् । अन्ना आफ्नो फेसबुक पेज अन्ना मात्राङ्गामा यस्तो फोटोहरु पोष्ट पनि गर्छिन् । यद्यपी, अन्नालाई मानसिक रुपमा विक्षिप्त भएकोसमेत बताइन्छ । वास्तवमा सन् २०१५ मा उनीमाथि एउटा मुद्दासमेत दर्ता भयो । उनीमाथि गरिएको अनुसन्धानमा उनी मानसिक रुपमा स्वस्थ नभएको पत्ता लाग्यो ।

    उनका वकिलले अन्ना तेसू मानसिक रुपमा अस्वस्थ छिन् र उनको सम्बन्ध पनि निकै अचम्मको हुने गरेको बताए ।

    अब अन्य व्यक्तिसँगको सम्बन्धमा छिन् उनीः

    भर्खरै तेसूले नयाँ प्रेमी पल मात्राङ्गासँग आफ्नो फोटो र स्टेटस अपडेट गरेकी छिन् जसमा उनी गलामा पट्टी बाँधेको अवस्थामा देखिएकी छिन् । यतिमात्र होइन, उनले आफ्नो नाम परिवर्तन गरेर जेना राखेकी छिन् । तपाईंलाई अचम्म लाग्ला कि उनले आफ्नो लागि एउटा पिंजडा पनि बनाएकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij