प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४, २०७८
कोरोना पोजेटिभ भएको भन्दै ७० वर्षीय वृद्ध गाउँलेद्वारा लखेटिएका छन् । तल्कोट गाउँपालिका ५ ललितपुर घर भएका ७० वर्षीय प्रेम कामी गाउँलेद्वारा लखेटिएका हुन् ।
२ दिन जिल्ला अस्पतालमा बसेर होम आइसोलेसनमा बस्ने भन्दै घर हिँडेका विक छिमेकी गाउँपालिका मष्टामा आफन्तको घरमा गएका थिए ।
कामीको परिवारमा कोहि पनि छैनन् र भएका आफन्तहरूबाट पनि लखेटिएपछि उनी साह्रै समस्यामा परे ।
स्थानीय गाउँलेहरुले नै तल्कोट गाउँपालिका घर भएका वृद्ध मष्टा गाउँपालिकामा २ दिनसम्म खाना नपाएर छटपटाएको खबर तल्कोट गाउँपालिका अध्यक्ष लाल बहादुर बिष्टलाई जानकारी गरे पश्चात बिष्टले तत्काल तल्कोट गाउँपालिका स्वास्थ्य चौकी इन्चार्ज राजु विकको नेतृत्वमा स्वास्थ्य चौकीको टोली खटाई विरामीको उद्धार गरेका छन् ।
हाल उनी तल्कोट गाउँपालिकाको आइसोलेसनमा रहेका छन् ।
जिल्लामा हालसम्म पोजेटिभ रिपोर्ट आएका मानिसहरु केही अस्पतालको आइसोलेसन र केही स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन र केहि होम आइसोलेसनमा उपचार गरिरहेका छन् ।
जिल्ला अस्पताल बझाङमा पिसिआर र एन्टिजिनमार्फत कोरोना परीक्षण गरेका झण्डै ३० प्रतिशतमा रिपोर्ट पोजेटिभ आउने गरेको स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij