आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

डेरी उद्योगमा नगरपालिकाको अनुगमन

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १८, २०७८



  • भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज डेरी उद्योगमा अनुगमन गरेको छ । डेरीको दूध वितरक कोरोना पोजिटिभ भएर पनि वितरण गर्दै हिँडेको जनगुनासो आएकोले डेरीमा अनुगमन गरेको गोराले बताए ।

    अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा मिसाउने दूधको पाउडरमा मुसाको लिडहरू भएको, बरफ बनाउने भाँडो र पानी ट्याङ्कीमा मुसाको लिड भेटिएकाले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फूड, चोको पाउडर, मुसाको लिड भएको दूधको पाउडर जफत गरी नष्ट गरिएको उनले बताए । कामदार र वितरकलाई पिसिआर परीक्षण गराई स्वस्थ्य व्यक्तिलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकोले लेबल राखेर मात्र बिक्री वितरण गर्न र नगरपालिकामा तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

    त्यस्तै भक्तपुर डेरी प्रालिमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन, सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । सञ्जीवनी डेरी उद्योगमा कामदार र वितरकलाई पिसिआर परीक्षण गराउन र दहीको बट्टामा लेबल राख्न निर्देशन दिएको छ । जगदम्बा डेरी एण्ड वेभरेज प्रालिमा कामदार र वितरकको पिसिआर परीक्षण गराउन, दर्ता प्रमाणपत्रसहित तीन दिनभित्र नगरपालिकामा आउन निर्देशन दिएको छ ।

    कोभिड–१९ को सङ्क्रमणले सरकारले निषेधाज्ञा जारी गरेको बेलामा भक्तपुर नगरपालिका–८ जेला बस्ने सत्यनारायण प्रजापतिले चोक मिचि बनाएको खुड्किला नगरपालिकाको टोलीले आज भत्काएको छ । नगरपालिकाका कर्मचारीले उक्त खुड्किला भत्काई ढुङ्गासमेत जफत गरेको छ । प्रजापतिले पुरानो घर भत्काई नयाँ घर बनाउँदा नगरपालिकामा नक्सापास गरे पनि नक्साभन्दा फरक र सार्वजनिक चोक मिचेर बनाएको संरचना भत्काएको नगर निरीक्षक आशराम सुवालले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij