बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बन्द गोरखकाली रबर उद्योग सञ्चालनका विषयमा छलफल

  • प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३



  • बन्द गोरखकाली रबर उद्योग सञ्चालनका विषयमा छलफल बन्द अवस्थामा रहेका गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने विषयमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेबीच छलफल भएको छ ।
    उद्योग मन्त्रालयमा भएको भेटमा गोरखा मझुवा देउराली–५ स्थित सो उद्योग तत्कालै नियमित रुपमा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने र आवश्यक कदम चाल्ने बारेमा छलफल भएको उद्योगमन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागार्इंले बताए ।
    उनले उद्योग खुलेपछि कुन ढाँचामा अगाडि बढाउने र उद्योगका उत्पादनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।
    उद्योग खुलेपछि फेरि बन्द नहुने गरी के–कसरी काम अगाडि बढाउन सकिन्छ भन्ने विषयमा समेत उहाँहरुबीच छलफल भएको थियो । छलफलमा गोरखाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्नुहुने सांसद कमला पन्तलगायत सहभागी थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij