प्रकाशित मिति : आइतवार, जेष्ठ २३, २०७८
सागर ओली,काठमाडौ । सल्यान जिल्लाको शारदा नगरपालिकामा अहिलेसम्म ३०० जना कोभिड संक्रमित भएर उपचार पछि कोभिडलाई जितेर घर फर्किएको नगर प्रमुख सुरेश अधिकारीले बताउँनु भयो।



अहिले पनि ७० जना संक्रमितको उपचार भैरहेकोअधिकारीले बताउँनु भयो।।
कोरोनाबाट संक्रमित भएकाहरुलाई सहज रूपमा उपचार गर्न सहयोग पुर्याउने उदेश्यले बनाईयो कोरोना अस्पताल, बिरामीको उपचारमा गर्न निकै समस्या भएपछि कोरोनाका बिरामीहरुलागी चाहिने गरि आईसोलेसन अक्सिजन सहितको अस्पताल , शारदा नगरपालिका सल्यान र सल्यानमा रहेको नेपाली सेनाको सबुज गणको सहकार्यमा २५ बेडको कोरोना अस्पताल बनाईएको छ।शारदा नगरपालिकाको प्राबिधिक तथा आर्थिक सहयोग र सबुज गणको श्रममा तयार भएको अस्पताल एकहप्ता पहिले नगर प्रमुख सुरेश अधिकारीले उद्घाटन गर्नुभएको थियो।


लकडाउन यता नगर प्रमुख अधिकारी नगर पालिकाका विभिन्न वडा जाँदै बिरामीको अबस्था कस्तो छ र कसरी उपचार गर्ने भन्ने सल्लाह दिदैँ नगरबासीहरुको मनोबल उच्च राख्दै आउँनुभएको छ,उहाँले घर घरमा बस्न र दुरी कायम गर्न आग्रह गर्दै वडा वडामा मास्क वितरण समेत गर्दै आउँनु भएको छ।
पहिलो चरणमा परिक्षण गर्न नभ्याईएकाहरुको, आजदेखी फ़ेरि दोश्रो चरणको परीक्षण गर्न लागिएको छ। १५ ओटै वडामा लक्षन देखिएका र ईछुकहरुको परीक्षण गरिने नगर प्रमुख अधिकारी बताउँनुभयो।




अहिलेसम्म १५ वडामा १३ जनाको निधन भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij