आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सिराहामा गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २४, २०७८



  • सिराहामा गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    धनगढीमाई नगरपालिका वडा नम्बर ३ का करिब २९ वर्षीय दीपेन्द्र चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

    उनीमाथि श्रीमती ३० वर्षीया पूजा चौधरीलाई जलाएर हत्या गरेको आरोप भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तोपनकुमार दाहालले जानकारी दिए। पूजा ६ महिनाकी गर्भवती थिइन्।

    घटना गत शुक्रबार राति साढे ८ बजेको हो। शुक्रबार घरबाट पैसा लिएर मदिरा खाएपछि श्रीमान दीपेन्द्र र पूजाबीच विवाद भएको थियो।

    सोही विवादले उग्र रूप लिएपछि पूजाको हत्या हुन पुगेको डिएसपी दाहालले बताए। प्रारम्भिक अनुसन्धानबाट पेट्रोल श्रीमती आफैँले खन्याएको र पछि श्रीमानले आगो लगाएको खुलेको दाहालले बताए।

    ‘मदिरा खाएको विषयमा दुई जनाबीच झगडा भएको देखिन्छ। नजिकै रहेको एक बोत्तल पेट्रोल श्रीमती आफैँले खन्याएको भन्ने कुरा आएको छ। पछि श्रीमानले आगो लगाएको भनेका छन्,’ उनले भने, ‘यसबारेमा थप बुझ्ने काम गरिरहेका छौं।’

    दीपेन्द्र चौधरीले पनि घटनाबारे आंशिक रूपमा मात्रै स्वीकार गरेको उनले बताए।

    ‘प्रत्यक्षदर्शीहरूले पेट्रोल आफैँमाथि छर्केपछि श्रीमानले आगो लगाइदिएको कुरा भनेका छन्, ‘डिएसपी दाहालले भने, ‘दीपेन्द्रले पनि घटनाको आंशिक मात्रै स्वीकारेका छन्। पेट्रोल आफूले नछर्किएको तर आगो लगाएको भनेका छन्।’

    पूजाको शरीरमा आगो लागेर जलेपछि उनको उपचारको लागि ससुरा लगायतले उपचारको लागि लहानको कामना नर्सिङ होम लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि विराटनगर लगिएको थियो।

    विराटनगरमा पनि उपचार नभएपछि काठमाडौं ल्याउने क्रममा: आइतबार पूजाको बाटोमै मृत्यु भएको थियो।

    घटनापछि फरार भएका श्रीमान दीपेन्द्र चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो। उनलाई म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालत लगिएको छ।

    पूजाको माइती पक्षले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij