आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मुख्यमन्त्रीलाई भेटेर राउटेले भनेः खाद्यन्न सहयोग चाहियो

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८, २०७८



  • काठमाडौं। कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका राउटेले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोग मागेका छन्। शुक्रबार राउटे समूदायका मुखियाससहितका टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर आफ्नो समूदायमा दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोग मागेका हुन्।

    राउटे हाल सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नम्बर ९ मा बस्दै आएका छन्। काठका भाँडाकुँडा बनाउने र त्यसलाई अनाजसँग साटेर दैनिक गुजारा गर्ने यो समूदायले पछिल्लो समय काठका भाँडाकुँडा विक्री नभएपछि समस्या भोग्दै आएको छ। त्यसमाथि गैरसरकारी संस्थाहरुको अनावश्यक हस्तक्षेपका कारण राउटे समूदायमाथि नै जोखिम बढेको छ।

    राउटे समूदायका मुखिया मइनबहादुर शाहीले मुख्यमन्त्री शाहीसँग सहयोग मागेपछि मुख्यमन्त्री शाहीले सहयोग गर्ने बचन दिएका छन्। भेटका क्रममा सामाजिक विकासमन्त्री यज्ञ विसी पनि साथमा रहेका थिए।

    राउटे समूदायलाई सरकारले सामाजिक सुरक्षा भत्तासमेत वितरण गर्दै आएको छ। त्यसैले पनि राउटेहरु अहिले काठका सामान बनाउनभन्दा परजीवि बन्दै गएका छन्। यो समूदायले खेतिपाती गर्न पाप हुने विश्वास राख्छ।

    त्यसैले पनि यो समूदायमा खाद्यन्न संकट हुने गरेको छ। सरकारले दिने सामाजिक सुरक्षा भत्ता तथा केही गैरसरकारी संस्थाहरुले गर्ने सहयोगबाट यो समूदायले हाल गुजारा चलाउँदै आएको छ। त्यसमाथि पछिल्ला वर्षहरुमा अन्य मानिससँग यो समूदायको घुलमिल बढेपछि मदिरा सेवन गर्नेहरु पनि बढेका छन्। अन्य मानिसहरुसँगको घुलमिलकै कारण हालै राउटे युवतीमाथि यौन दूर्व्यवहार भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij