आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ३१, २०७८



  • प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ ।

    व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे पनि बत्तीमुनिको अँध्यारो जस्तै बन्दै आएको थियो । विसं २०३५ मा ट्र्याक खोलिएको सो मार्गको दूरी करिब पाँच किलोमिटर रहेकाले पक्की नालासहित कालोपत्र गर्न शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् ।

    हिउँदमा धुलो र वर्षायाममा हिलोले सास्ती खेप्नुपरेको चारकुनेबासीले त्यसको अन्त्य हुने विश्वास गरेको स्थानीयवासी एवं नेकपा एमाले केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले बताए । उक्त मार्गमा कालोपत्र गर्न रु १५ लाख बजेट निकासाका लागि केन्द्रिय सदस्य श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

    “यो मार्ग पहिल्यै कालोपत्रका लागि शुरुआत हुनुपर्ने हो”, उनले भने, “जनप्रतिनिधिले चासो दिएर काम नगरिदिँदा अलपत्र बन्दै आएको थियो ।” हाल कालोपत्र गर्न लागिएको सडकमा आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण गरी वडा कार्यालयलले सेवा प्रवाह गर्दै आएको छ ।

    वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेकाले केही समयका लागि वडा कार्यालयले स्वास्थ्य कार्यालयको भवन प्रयोग गरेको हो । “वडा तथा स्वास्थ्य कार्यालयसम्म नगरपालिकाले चासो देखाउनुपर्ने हो तर देखाएनन्”, श्रेष्ठले भने, “गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसँग भनेर बजेट ल्याएको हूँ ।”

    उक्त मार्गमा २२६ मिटर नालामध्ये हाल १०७ मिटर सम्पन्न भइसकेको चारकुने टोल विकास संस्थाका अध्यक्ष एवं भदु्र मार्ग निर्माण समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार नाला निर्माणका लागि वडा कार्यालयले रु चार लाख बजेट विनियोजन गरेको छ ।

    यस वर्ष कूल २३१ मिटर सडकमध्ये १०७ मिटर ग्रावेल र १२४ मिटर छ मिटर चौडाको कालोपत्र सडक हुनेछ । कालोपत्र गरिने क्षेत्रमा ग्रावेल बिच्छ्याएर रोलर लगाउने कार्य भइरहेको अध्यक्ष श्रेष्ठले बताए । भदु्रमार्ग ग्रावेल तथा कालोपत्र गरेपछि व्यास–१ का बासिन्दालाई पृथ्वीराजमार्ग निस्कन सदरमुकाम दमौली हुँदै जानुपर्ने झन्झटको अन्त्य हुने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij