आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पालुङटारमा घर भाडा छुट अभियान

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ३१, २०७८



  •  गोरखा । पालुङटार नगरपालिका-५ ठाटीपोखरी बजार क्षेत्रमा भाडामा व्यवसाय गर्नेहरुलाइ लक्षित गरी घर भाडा छुट अभियान सञ्‍चालन गरिएको छ ।
    स्थानीय बौद्ध हिमाल युवा क्लबको पहलमा यो अभियान सञ्‍चालन भएको हो।

    अभियान अन्तर्गत हालसम्म ३० जना भन्दा बढी व्यवसायीको घरभाडा छुट भइसकेको क्लबका अध्यक्ष किरण गिरीले बताए।

    ‘हाम्रो क्लबको पहलमा प्राय सबै घरवेटीले निषेधाज्ञा अवधि भर कसैले दुई, कसैले एक महिना र कसैले केही प्रतिशत भाडा छुट दिनुभएको छ,’ उनले भने, ‘करिब आठ लाख रकम बराबरको घरभाडा छुट गराइसक्यौ।’

    कोभिड–१९ का कारण जारी निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प हुदाँ मर्कामा परेका व्यवसायीलाई राहत पुर्‍याउने उदेश्यले अभियान संचालन गरिएको उनले बताए ।

    ‘निषेधाज्ञाको अवधिमा सञ्चालन हुन नपाएका टेलर्स, फेन्सी, सुनचाँदी लगायतका पसलहरुलाई लक्षित गरेका छौ, घरवेटीहरुलाइ भेटेर भाडा छुट गराइदिन आग्रह गर्दै हिडेका छौ,’ उनले भने ।

    आयआर्जनको ढोका बन्द हुदाँ भाडा तिर्न समस्या भएकाले सहयोग अभियान संचालन गरिएको उनले बताए । अन्य स्थानका व्यवसायीहरुको भाडा छुट गर्न पनि क्लबले आग्रह गरेको छ । गत बर्षको लक डाउनमा पनि क्लबको पहलमा केही घरवेटीहरुले भाडा छुट गराएको गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij