आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना अभियान सुरु गरिएको १२ औँ दिन।फोटो फिचर

  • प्रकाशित मिति : मङ्लबार, असार १, २०७८



  • सागर ओली,काठमाडौं ।काठमाडौ महानगरपालिका वडा नम्बर १६ माछा पोखरीमा जेठ महिनाको १९ गतेदेखि शुरूवात गरिएको बीपी स्टडी युथ सर्कल बागमती प्रदेश र नुवाकोट कार्यसमितिले संयुक्त रुपमा सञ्चालन गरेको निषेधाज्ञाको कारण काम गर्ने बाताबरण हुन नसक्दा खान नपाएकाहरुलाई निशुल्क खाना वितरण अभियान आज १२ औँ दिनमा पुगेको छ, आजसम्म ६ हजार जनाले खाना खाने बि पि स्टडी बाग्मती प्रदेशका अध्यक्ष सुबन गिरीले जानकारी दिनुभयो।

    निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना अभियान सुरु गरिएको गिरिले जलजला खबरलाई भयो।

    सुरुका दिनमा सिमित युवाहरुको सहयोगमा राहत वितरण सुरु गरिए पनि अहिले दाताबाट सहयोग जुटेको गिरिको भनाइ छ।

    निशेधाज्ञा अवधिभर सञ्चालन गरिने अभियानको खर्च विवरण सार्वजनिक गरिने छ । निशेधाज्ञाका कारण रोजीरोटी गुमाएका र डेरा गरि बस्ने नागरिकलाई प्राथमिकतामा राखिएको प्रदेश अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

    यो महत्वपूर्ण कामको थालनी नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको आग्रहमा सुरुवात गरिएको गिरीले बताउँनुभयो।

    निशेधाज्ञा खुकुला बनाइए पनि मजदूर वर्ग समस्यामा परेका छन् । कतिपय मजदूरले राहत भन्दा पनि कामको खोजी गरेको बताउँने गरेका छन् ।

    यो पुण्यको काम शुरूवात गर्ने सुबन गिरी नेपाली काङ्ग्रेसका नुवाकोटका सक्रिय युवा हुनुहुन्छ, उहाँ नेपाल तरुण दल नुवाकोटको सचिव हो,युवा समाजसेबी गिरी आफ्नो पार्टीको राजनीति बाहेक आधा दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा काम गर्दै आउँनुभएको छ। अरुको भन्दा अलिकति फरक सोचका गिरिको जस्तो सकारात्मक सोचले सबै सामाजिक अभियन्ताहरुले काम गरे नेपालमा कोही कहिँ भोक भोकै मर्देनन र यस्तो काम गर्ने सामाजिक ब्यक्तितब गिरीलाई सबैले हौसला प्रदान गरि सहयोगको हात बढाउँ,समाजमा सकिन्छ राम्रो काम आफैँ गरौं, नसके हातेमालो गर्न सिकौँ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij