आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पहिरोको कारण ढोरपाटनका दुई परिवार विस्थापित

  • प्रकाशित मिति : बुधबार, असार २, २०७८



  • बागलुङ । निरन्तरको वर्षापछि खसेको पहिरोले घर जोखिममा पारेपछि ढोरपाटन नगरपालिका–९ नवीका दुई परिवार विस्थापनमा परेका छन् । उनन्चालीस वर्षीय मीनबहादुर विक र ३३ वर्षीया मनरमा विकको घर पहिरोको जोखिममा परेको हो ।

    घरभन्दा १० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा बस्न सक्ने स्थिति नभएपछि दुवै परिवारका सदस्यले छिमेकीकहाँ आश्रय लिएका छन् । पहिरा खसेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

    वर्षात्का कारण ठाउँठाउँमा पहिरा खस्ने तथा जमीन भासिने भए पनि कुनै अप्रिय घटना भने अहिलेसम्म नभएको जिप्रकाका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । “वर्षा धेरै भएकाले बाढी, पहिराका घटना अझै बढ्न सक्छन्, सबै सजग हुनुपर्छ”, उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij