प्रकाशित मिति : शनिबार, असार ५, २०७८
बिनिता शर्मा,काठमाडौ। बर्दिया जिल्लामा सशस्त्र प्रहरी बल नेपालले सीमा ईलाकामा निगरानी बढाउँदा राम्रो काम गर्न सफल भएको छ। जानकारहरुका अनुसार,बर्दिया जिल्लामा सशस्त्र प्रहरीले पछिल्लो समय शान्ति सुरक्षामा निकै राम्रो गरेको भनाइ छ।


सशस्त्र प्रहरी बल नेपाल मार्फत सीमा सुरक्षाको चुस्त दुरुस्त व्यवस्थापन गर्ने दिर्घकालिन निति तथा कोभिड-१९ संक्रमण नियन्त्रण¸ अबैध रुपमा सीमावर्ति क्षेत्रमा हुन सक्ने आवत जावत¸ चोरी तस्करी नियन्त्रण गर्दै सीमा सुरक्षालाई चुस्त दुरुस्त तथा प्रभावकारी व्यवस्थापन गर्नको निमित्त जिल्लाको सीमावर्ति ईलाकामा स्थापित बि.ओ.पि.¸ फर्वाड बेशहरुले सीमावर्ती ईलाकामा हुने अपराधिक गतिबिधिहरु न्युनिकरण गरि शान्ति सुरक्षा प्रदान गर्नुका साथै गैह्र कानुनी क्रियाकलापहरु नियन्त्रण गर्ने क्रममा फेरी पनि भारतबाट चोरी तस्करी गरि अबैध रुपमा नेपाल भित्र्याउदै गरेको मुल्य रु. १,४९,४००।- (एक लाख उनान्नपचास हजार चार सय) बराबरको २ वटा मोटर साईकल, सुतलिको डोरी, कपडा र उक्त कार्यमा संलग्न २ जना व्यक्ति गु.न.पा.-१० बर्दिया बस्ने बर्ष २२ को सचिन बर्मा र बर्ष १८ को रामु यादवलाई पक्राउ गरेको छ।

सामान सहित पक्राउ परेकाहरुलाई आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गणका गणपति नर बहादुर रावतले जलजला खबरलाई जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij