आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एउटा खबरले ४ दिनमा भारतीय व्यापारीको १३ अर्ब डलर डुब्यो

  • प्रकाशित मिति : आइतवार, असार ६, २०७८



  • काठमाडौं। भारतीय व्यापारी गौतम अडानीले एक हप्तामा १३ अर्ब डलरभन्दा धेरै रकम गुमाएका छन् । अडानी ग्रुपको शेयरमा भारी गिरावट आएपछि अब गौतम अडानी एसियाका दोस्रो धनी व्यक्ति पनि रहेनन् । अघिल्लो हप्तासम्म एसियाका धनीहरुको सूचीमा मुकेश अम्बानीपछि दोस्रो स्थानमा रहेका अडानी यो हप्ता तेस्रो स्थानमा झरेका छन् । उनले ४ दिनको अवधिमा १३ अर्ब डलर गुमाएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

    फोर्ब्सको रियल टाइम बिलियनेयर इन्डेक्समा नेपाली समयअनुसार शनिबार अपरान्ह ४ बजे अडानीको कूल सम्पत्ति ६२.१ बिलियन डलर छ । यो हप्ताको सुरुवातमा उनको सम्पत्ति ७६.७ बिलियन डलर थियो । अर्थात पूरै हप्तामा उनले १५ अर्ब डलरभन्दा धेरै गुमाइसकेका छन् । अडानीको सम्पत्तिमा भारी गिरावटसँग चीनका अर्बपति झोङ शानशान एसियाको धनीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । रियल टाइम इन्डेक्समा उनको सम्पत्ति ७०.८ बिलियन डलर छ ।

    गएको सोमबार अडानी ग्रुपका कम्पनीहरुको शेयरहोल्डर प्रमुख विदेशी लगानी होल्डिङ कम्पनीहरुको खाता फ्रिज गरिएको खबर बाहिरिएपछि अडानी ग्रुपका कम्पनीको शेयर मूल्य घट्न थालेको थियो । पछिल्ला ५ ट्रेडिङ सेसनमा अडानी ट्रान्समिसन लि. अडानी टोटल ग्यास लि. र अडानी पावर लिमिटेडका शेयरमा २० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । स्पेसन इकोनोमिक जोन र अडानी ग्रिन इनर्जी लि. को शेयरमा १० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । अडानी इन्टरप्राइजेन लि.को शेयर पनि ६.६४ प्रतिशतले घटेको छ ।

    यो हप्ता यी कम्पनीहरुको संयुक्त बजार मूल्य ७६.७ बिलियन डलरबाट ६३.५ बिलियन डलरमा झरेको छ । एक मिडिया रिपोर्टमा भारतको नेशनल सेक्युरिटी डिपोजिटरी लि. ले अडानी ग्रुपमा लगानी गरेका तीन विदेशी पोर्टफोलियो लगानीकर्ताको खाता फ्रिज गरेको दावी गरिएको थियो । यी तीन पोर्टफोलियो लगानीकर्ता अडानी ग्रुपका ४ कम्पनीमा प्रमुख लगानीकर्ता हुन् । समाचारमा डिपोजिटरीको वेबसाइटलाई उद्धृत गर्दै अल्बुला इन्भेस्टमेन्ट फण्ड, क्रेस्टा फण्ड र एपीएमएस इन्भेस्टमेन्ट फण्डको खाता मे ३१ मा वा त्योभन्दा पहिल्यै फ्रिज गरिएको दावी गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij