प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३
संविधान संशोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी एमाले सहितका ९ दलले आयोजना गर्ने जनप्रदर्शन र विरोधसभाका कारण आज राजधानीको ट्राफिक व्यवस्थान अस्त व्यस्त हुने भएको छ। राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा ९ दलले आम सभा गर्न लागेका हुन् । भृकुटीमण्डपका लागि छुट्ने ललितपुर तथा भक्तपुरका सवारी साधनहरु भृकुटीमण्डप आइपुग्ने छैनन् । निजी सवारी साधनलाई पनि त्यो बाटो रोकिने छ ।
सभाअघि र्यालीको रुट क्षेत्रमा समेत प्रत्यक्ष रुपमा ट्राफिकमा असर पर्ने देखिन्छ । ट्राफिक प्रहरीले पद्भोमदय मोड र राष्ट्रिय सभागृहको मोड प्रयोग नगर्न सूचित गरिसकेको छ ।
दिउँसो १ बजे हुने सभाका लागि कहाँ कहाँ सडक अवरूद्ध हुन्छ ?
भृकुटीमण्डप, भद्रकाली, नागस्तान, त्रिपुरेश्वर, थापाथली, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, सिनामंगल, पुरानो बानेश्वर, डिल्लीबजार, पुतलीसडक हुदैं रत्नपार्क भएर चलने सवारी साधनहरु प्रभावित हुनेछन् । यसैबीच ट्राफिक प्रहरीले आज यी रूटमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
यसअघि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार नै पत्रकार सम्मेलनमा ट्राफिक व्यवस्थापनमा हुने समस्याका लागि माफी मागेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij